onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

नेपालमा बाघको संख्यामा बृद्धि, पाटेबाघको संख्या ३५५ पुग्यो

बाघको संख्या दोब्बर बनाउने प्रतिबद्धता पुरा

Sambad ADD long

भुरीगाउँ, बर्दिया : बाघ पाइने देशहरुले गरेको प्रतिवद्धता अनुरुप नेपालले सन् २०२२ मा लक्ष्य पूरा गरेको छ । सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा भएको विश्व बाघ सम्मेलनमा १३ वटा बाघ पाइने राष्ट्र प्रमुखहरुको भेलामा सन् २०२२ सम्ममा नेपालले बाघको संख्या दोब्बर बनाउनेछौं भनेर गरेको प्रतिबद्धता पुरा गरेको हो ।

नेपालमा पाटेबाघको संख्या ३५५ पुगेको छ । आज विश्व बाघ दिवसका अवसरमा देशभरका निकुञ्ज तथा आसपासका क्षेत्रमा रहेका बाघ गणनाको नतिजा सार्वजनिक गर्दै बाघको संख्या उल्लेख्य मात्रामा वृद्धि भएको निकुञ्ज विभागले घोषणा गरेको छ । पछिल्लो बाघ गणनाको नतिजा अनुसार चितवनमा १२८, बर्दियामा १२५, पर्सामा ४१, शुक्लाफाँटामा ३६ र बाँकेमा २५ वटा गरी ३५५ वटा पाटेबाघ पुगेको विभागले जनाएको छ । यसअघि २३५ पाटे बाघ रहेको नेपालमा अघिल्लो गणनाको तुलनामा १२० वटा बाघ बढेर ३५५ पुगेको छ ।

बाघ संरक्षणको प्रतिवद्धता गर्दा सन २०११ मा नेपालमा १२१ वटा बाघ रहेकोमा हाल नेपालमा दोब्बर भन्दा बढी अर्थात् ११३ वटा बाघ बढी रहेका छन् । जसमध्ये चितवनमा ३५, बर्दियामा ३८, पर्सामा २३, शुक्लाफाँटामा २० र बाँके राष्ट्रिय निकुञ्जमा ४ ओटा पाटेबाघ बढेका हुन् । बासस्थान व्यवस्थापन, उल्लेख्य आहारा प्रजाती, चोरी शिकार नियन्त्रण र बाघ संरक्षणमा समुदायको सहकार्यले गर्दा बाघको संख्यामा वृद्धि भएको हो । बाघको संख्या बढिरहँदा जोखिम पनि उल्लेख्य मात्रामा बृद्धि भएको छ ।

Leave A Reply

Your email address will not be published.