onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

लागुऔषध (ब्राउन सुगर) सहित ३ जना पक्राउ

Sambad ADD long

भुरिगाउँ, बर्दिया : बढैयाताल गाउँपालिका–२, फुटाहा नजिकको भारतीय सिमाना नजिकबाट लागुऔषध (ब्राउन सुगर) सहित तिन जना पक्राउ परेका छन् । लागुऔषध (ब्राउन सुगर)को कारोबार भईरहेको छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बर्दिया जिल्ला बाँसगढि नगरपालिका वडा नम्बर ३ बस्ने उमेश खत्री सोहि ठाउँका कृष्ण प्रसाद थारु र सुनिल थारु रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । उनीहरुको साथबाट ३ ग्राम ३९० मिलिग्राम ब्राउन सुगर र नगद १० हजार एक सय २० रुपैयाँ प्रहरीले बरामद गरेको छ ।

पक्राउ परेका तिनै जनाको विरुद्धमा लागुऔषध सम्बन्धी शिर्षकमा मुद्दा दर्ता गरेर बर्दिया जिल्ला अदालतबाट म्याद थप गरी घटनाको अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी नायव उपरीक्षक सुर्य प्रकाश सुवेदीले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.