onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

बर्दिया पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा हुँदै

Sambad ADD long

भुरिगाउँ, बर्दिया : जिल्ला स्वास्थ्य कार्यालय, बर्दियाका प्रमुख गोकर्ण गिरीले बर्दियाका ८ वटै पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको बताउनुभएको छ । मधुवन नगरपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा भए संगै ८ वटै पालिका पूर्ण खोप सुनिश्चित घोषणा भएका हुन् ।

केही वर्ष पहिला खोप नपाएका कारण दादुरा, रुबेला, पोलीयो जस्ता रोगले बालबालिकाहरुको ज्यान जाने गरेको बर्दियामा पछिल्लो समयमा भने बालमृत्युदरमा कमी आएको छ । स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गिरीले जन्मेदेखि १५ महिनासम्मका बच्चाले पाउने १३ प्रकारका खोप पाईसकेको बताउनुभयो । प्रमुख गिरीका अनुसार शिशु जन्मने वित्तिकै क्षयरोग बिरुद्धको (बिसीजी), भ्यागुते, धनुस्टङकार, लहरे, हेपाटाईटिस लगायतका सबै खोप दिईएको छ । जन्मेदेखि १५ महिना र बाँकी छुटपुटलाई २३ महिना भित्रै सबै खोप दिईसक्नुपर्छ उहाँले भन्नुभयो शिशुले सबै खोप पाएपछि उ निरोगी हुन्छ । बर्दियामा धेरै बालबालिकाहरुलाई खोप दिइएको छ ।

जन्मीएदेखी २३ महिना उमेर भित्रका ९० प्रतिशत बालबालीकाहरुले अहिले नियमित खोप पाएका छन् । खोप लगाउन छुटेका बालबालिकाहरुलाई पनि खोपको पहुँचमा ल्याउन स्वास्थ्य कार्यालय बर्दियाले तथ्याङ्क संकलन गर्ने काम समेत गर्दै आएको छ । आठ वटै स्थानीयतह पुर्ण खोप सुनिश्चित घोषणा भए संगै अब बर्दिया जिल्लालाई नै पुर्ण खोप सुनिश्चितता गर्ने तयारी भैरहेको गिरीले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.