onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

ठाकुरबाबा नगरपालिकामा आधारभूत स्वास्थ्य सेवा अभिमुखिकरण सुरु

Sambad ADD long

भुरिगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिकामा आधारभूत स्वास्थ्य सेवा एसओपी र एसटिपीको अभिमुखिकरण कार्यक्रम शुरु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय, बर्दियाको आयोजनामा आधारभूत स्वास्थ्य सेवा एसओपी र एसटिपीको अभिमुखिकरण कार्यक्रम शुरु भएको हो ।

आषाढ २७ गते सोमबारबाट सुरु भएको आधारभूत स्वास्थ्य सेवा सम्बन्धि अभिमुखिकरण कार्यक्रम ३ दिन सम्म संचालन हुने स्वास्थ्य कार्यालय बर्दियाका जनस्वास्थ्य अधिकृत कृष्ण गोपाल चौधरीले बताउनु भयो । तालिममा जिल्ला अस्पताल बर्दियाका जनरल सर्जन डाक्टर बिजय उपाध्यायले प्रशिक्षण दिइरहनुभएको छ । आधारभूत स्वास्थ्य सेवा सम्बन्धि अभिमुखिकरण कार्यक्रममा स्वास्थ्य कार्यलय बर्दियाका प्रमुख गोकर्ण गिरीले आधारभूत स्वास्थ्य सेवा अन्तरगत वहिरंग सेवा, निःशुल्क औषधि, स्वास्थ्य शिविर, स्वास्थ्य अभियान, महिला स्वास्थ्य स्वयम्सेविका, गाउँघर क्लिनिक अन्य सेवा (विभिन्न १५ प्रकारको सेवाहरु) अन्तरगत विशेषतः बाल स्वास्थ्य, मातृ स्वास्थ्य, पोषण सेवा तथा रोग नियन्त्रण लगायतका सेवाहरु रहेकाले यस्ता सेवाहरु अनिवार्य रुपमा स्थानीयहरुलाई दिनुपर्ने बताउनुभएको छ ।

अत्यावश्यक नवशिशु स्याहार तथा रोग व्यवस्थापन, संक्रमण, शितांग, कम तौल, जन्डिस, नाभीको स्याहार, पोषण बृद्धि अनुगमन, सुआहारा, सुनौलो हजार दिन, शिशु तथा बाल्यकालिन पोषण, गर्भवती जाँच सेवा, सुरक्षित सुत्केरी, सुत्केरी सेवा, परामर्श सेवा, महामारी तथा सर्ने–नसर्ने रोग नियन्त्रण सम्बन्धि जनचेतना लगायतका सेवा सुबिधाहरु दिइएको बताउनुभयो । स्वास्थ्य कार्यलय बर्दियाका प्रमुख गोकर्ण गिरीको अध्यक्षतामा अभिमुखिकरण कार्यक्रमको शुरुवात गरिएको हो ।

Leave A Reply

Your email address will not be published.