online-aama-surachhya-sandesh

खैरापुर स्थित कृष्णसार संरक्षण क्षेत्रभित्र कुकुर पाल्न निषेध

Sambad ADD long

भुरिगाउँ, बर्दिया : खैरापुर स्थित कृष्णसार संरक्षण क्षेत्रभित्र कुकुर पाल्न निषेध गरिएको छ । वन्यजन्तु संरक्षण ऐन २०२९ ले संरक्षित बन्यजन्तुको सूचिमा सुचिकृत गरेको कृष्णसार कुकुरको आक्रमणमा परी मर्न थालेपछि कुकुर पालन निषेध गरिएको हो ।

कृष्णसार संरक्षण क्षेत्रका प्रमुख सरोकारवालाहरु, नवनिर्वाचित जिल्ला समन्वय समिति र स्थानीय तहसंगको समन्वय बैठकले कृष्णसार संरक्षणका सवालमा आवश्यक पहल गर्ने निर्णयहरु गरेको कृष्णसार संरक्षण क्षेत्र कार्यालयका संरक्षण अधिकृत विनयकुमार झाले बताउनुभयो ।

संरक्षण क्षेत्रभित्र रहेको अब्यवस्थित बस्ती स्थानान्तरण तथा ब्यवस्थापन गर्न कार्यदल बनाइएको छ । जसअनुसार जिल्ला समन्वय समितिका प्रमुख अध्यक्ष, गुलरिया नगरपालिकाका प्रमुख, उप–प्रमुख पदेन सदस्य, गुलरिया नगरपालिका वडा नम्बर २ र ४ का वडाअध्यक्षहरु तथा अन्य सदस्यहरुमा कृष्णसार संरक्षण क्षेत्र ब्यवस्थापन परिषद्‌का अध्यक्ष र एकजना महिला सदस्य लगायत कृष्णसार संरक्षण क्षेत्र कार्यालयका प्रमुख सदस्य रहने गरी कार्यदल गठन भएको झाले जानकारी दिनुभयो ।

कृष्णसार संरक्षण क्षेत्रमा छाडा पशु ब्यवस्थापन र तारबार मर्मतका लागि गुलरिया नगरपालिकालाई अनुरोध गर्ने बैठकले निर्णय गरेको छ । संरक्षण क्षेत्रको संरक्षण ब्यवस्थापन कार्यमा नयाँ संरचना निर्माण तथा अन्य संरक्षण ब्यवस्थापन हेतु संरक्षण कार्यालयको समन्वयमा स्थानीय जनप्रतिनिधि, कृष्णसार संरक्षण क्षेत्र ब्यवस्थापन परिषदको समेत संयुक्त पहलमा समस्याहरु समाधान गर्ने निर्णय गरिएको संरक्षण अधिकृत झाले बताउनु भयो । पछिल्लो समय कृष्णसार क्षेत्रमा भुस्याहा तथा घरपालुवा कुकुरको आक्रमण बढेको छ ।

Leave A Reply

Your email address will not be published.