online-aama-surachhya-sandesh

गुलरिया : कार्यपालिका सदस्य निर्वाचनमा काँग्रेसको बर्चश्व

Sambad ADD long

बर्दिया : गुलरिया नगरपालिकामा स्थानीयतह निर्वाचन अन्तरगत कार्यपालिका सदस्य चयनका लागि निर्वाचन सम्पन्न भएको छ । निर्वाचन आयोगले स्तानियतहको निर्वाचन सकिएको १५ दिनभित्र कार्यपालिका सदस्यको निर्वाचन गरी सक्न निर्देशन दिएपछि गुलरिया नगरपालिका निर्वाचन अधिकृतको कार्यालयले हिजो सोमबार निर्वाचन सम्पन्न गराएको जनाएको छ ।

नगर कार्यपालिकाको महिला सदस्य पदमा पाँच जना र नगर कार्यपालिकाको दलित वा अल्पसंख्यक सदस्य पदमा तीन जना गरी आठ जना कार्यपालिका सदस्य चयन गर्न हिजो सम्पन्न भएको निर्वाचनमा नेपाली काँग्रेसले बर्चश्व जमाएको छ ।

नगर कार्यपालिकाको महिला सदस्यतर्फ नेपाली काँग्रसका शोभा भण्डारी, शान्ता परियार, कालीदेवी थरुनी र निर्मला मैनाली तथा जनता समाजवादी पार्टी नेपालकी मानोरानी रैदास निर्वाचित हुनु भएको छ, भने दलित सदस्यतर्फ नेपाली काँग्रेसका उम्मेदवारहरु नैन बहादुर सुनार र जीवन लाल लोध तथा जनता समाजवादी पार्टी नेपालका तारा बहादुर सुनार निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय गुलरिया नगरपालिका, बर्दियाले जनाएको छ । गुलरिया नगरकार्यपालिकाको निर्वाचनमा नेपाली काँग्रेस र जनता समाजवादी पार्टी नेपालले गठबन्धन गरेका हुन् ।

वैशाख ३० गते सम्पन्न स्थानियतहको निर्वाचन अन्तरगत गुलरिया नगरपालिकाको नगरप्रमुख पदमा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बन्नुभएका मुक्तिनाथ यादव र उप–प्रमुख पदमा नेपाली काँग्रेसकी साबित्रा गौतम निर्वाचित हुनु भएको थियो ।

Leave A Reply

Your email address will not be published.