बाँसगढी : कार्यपालिका सदस्यमा काँग्रेस र माओबादी केन्द्रबाट ४–४ जना निर्वाचित

Sambad ADD long

बर्दिया : बाँसगढी नगरपालिकामा स्थानीयतह निर्वाचन अन्तरगत कार्यपालिका सदस्य चयनका लागि निर्वाचन सम्पन्न भएको छ । निर्वाचन आयोगले स्तानियतहको निर्वाचन सकिएको १५ दिनभित्र कार्यपालिका सदस्यको निर्वाचन गरी सक्न निर्देशन दिएपछि बाँसगढी नगरपालिका निर्वाचन अधिकृतको कार्यालयले हिजो सोमबार निर्वाचन सम्पन्न गराएको जनाएको छ ।

नगर कार्यपालिकाको महिला सदस्य पदमा पाँच जना र नगर कार्यपालिकाको दलित वा अल्पसंख्यक सदस्य पदमा तीन जना गरी आठ जना कार्यपालिका सदस्य चयन गर्न हिजो सम्पन्न भएको निर्वाचनमा नेकपा माओबादी केन्द्र र नेपाली काँग्रेसबाट ४–४ सदस्य निर्वाचित भएका छन् ।

नगर कार्यपालिकाको महिला सदस्यतर्फ नेकपा माओवादी केन्द्रका जेनिसा वली र बुद्धिमाया सार्की, नेपाली काँग्रसका मनिता चौधरी, राधिका रावत र सरिता तिवारी निर्वाचित हुनु भएको छ, भने दलित सदस्यतर्फ नेकपा माओबादी केन्द्रका उम्मेदवारहरु भद्र बहादुर परियार, याम बहादुर सुनार र नेपाली काँगेसबाट गगन सिंह बि.क. निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय बाँसगढी नगरपालिका, बर्दियाले जनाएको छ ।

वैशाख ३० गते सम्पन्न स्थानियतहको निर्वाचन अन्तरगत बाँसगढी नगरपालिकाको नगरप्रमुख पदमा नेकपा एमालेका तर्फबाट उम्मेदवार बन्नुभएका खड्ग बहादुर खड्का र उप–प्रमुख पदमा नेकपा एमालेकी इन्दिरा चौधरी निर्वाचित हुनु भएको थियो ।

Leave A Reply

Your email address will not be published.