onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु

तीन वर्षयता बाघको आक्रमणबाट बर्दियामा २३ जनाको मृत्यु

Sambad ADD long

बर्दिया : बाख्रा चराउन जंगल गएकी एक महिलालाई बाघले आक्रमण गर्दा हिजो मंगलबार साँझ करिब साढे ५ बजे मृत्यु भएको छ । मधुवन नगरपालिका-२ कोठिया गाउँकी ४९ वर्षीया कौशिका पाललाई बाघले आक्रमण गर्दा मृत्यु भएको डिभिजन वन कार्यालयका जिल्ला वन अधिकृत प्रविण विडारीले जानकारी दिनुभयो ।

जिल्ला वन अधिकृत विडारीका अनुसार कौशिकालाई खाता जैविक मार्गमा पर्ने जनजागृति सामूदायिक वनमा बाघले आक्रमण गरेको थियो । खाता रेन्ज पोष्टदेखि करिब २ सय मिटर उत्तरमा बाघले आक्रमण गरेको हो । बाघको बासस्थान रहेको उक्त सामूदायिक वनमा पालको शव फेला परेको डिभिजन वन कार्यालयले जनाएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कतरनियाघट वन्यजन्तु आरक्ष जोड्ने यस मार्ग र आसपासका क्षेत्रमा बाघ, हात्ती, गैंडा लगायत वन्यजन्तु ओहोरदोहोर गर्छन् । तीन वर्षयता बाघको आक्रमणबाट बर्दियामा २३ जनाको मृत्यु भइसकेको छ । साभार :कमल पन्थी/कान्तिपुर

Leave A Reply

Your email address will not be published.