बर्दिया : बढैयाताल गाउँपालिकाको अध्यक्षमा नेकपा माओबादी केन्द्रका तर्फबाट उम्मेदवार हुनुभएका हिमालय त्रिपाठी र उपाध्यक्षमा नेकपा एमालेको तर्फबाट उम्मेदवार हुनुभएकी लक्ष्मी अधिकारी निर्वाचित हुनुभएको छ ।
३७ हजार ३९ मतदाता रहेको बढैयाताल गाउँपालिकामा २६ हजार ९६१ मत खसेकोमा त्रिपाठीले ९ हजार ३६७ मत प्राप्त गरी प्रमुखमा विजयी हुनुभएको हो, उहाँका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका लाल बहादुर श्रेष्ठले ८ हजार ३०८ मत प्राप्त गर्नु भएको बढैयाताल गाउँपालिका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।उपाध्यक्ष तर्फ नेकपा एमालेकी अधिकारीले ८ हजार ८८५ मत प्राप्त गरी निर्वाचित हुँदै गर्दा उहाँका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसकी पवित्राकुमारी अर्यालले ८ हजार ३१५ मत प्राप्त गर्नु भएको छ ।
९ वटा वडा रहेको बढैयाताल गाउँपालिकाको वडाअध्यक्ष तर्फ नेकपा एमालेले ७, नेकपा माओबादी केन्द्रले १ र नेपाली काँग्रेसले १ वडामा जित हासिल गरेको छ । १ को वडाध्यक्षमा नेकपा एमालेका प्रेमबहादुर थापा क्षेत्री, २ को वडाध्यक्षमा नेकपा एमालेका डिलादेव गिरी, ३ को वडाध्यक्षमा नेकपा एमालेका लल्लन अहिर, ४ को वडाध्यक्षमा नेकपा एमालेका नरे थापा, ५ को वडाध्यक्षमा माओवादी केन्द्रका तुलाराम चौधरी, ६ को वडाध्यक्षमा नेपाली काँग्रेसका शुक्रराज सापकोटा, ७ को वडाध्यक्षमा नेकपा एमालेका राधेश्याम थारु, ८ को वडाध्यक्षमा नेकपा एमालेका तेजनाथ पौडेल र ९ को वडाध्यक्षमा नेकपा एमालेका वीरबहादुर थारु निर्वाचित हुनुभएको छ । नेकपा एमालेबाट गाउँपालिका अध्यक्षका निकतम प्रतिद्वन्द्वी लालबहादुर श्रेष्ठ निवर्तमान बढैयाताल गाउँपालिकाका अध्यक्ष हुनुहुन्छ ।