राजापुर नगरपालिका मेयरमा कांग्रेसलाई ४७ मतले हराउँदै माओवादी केन्द्र विजयी

बर्दिया : राजापुर नगरपालिकाको मेयर र उपमेयर दुवैमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

राजपुरको मेयरमा माओवादी केन्द्रका दिपेश थारुले ९ हजार ८ सय सात मत ल्याएर विजयी हुनुभयो । प्रतिष्पर्धी कांग्रेसका दीपकजंग शाहले ९ हजार ७ सय ६० मत ल्याउनुभयो ।

उपमेयरमा माओवादीकी मनकला कुमारी चौधरी १० हजार ८६ मत ल्याएर विजयी हुनुभयो भने प्रतिष्पर्धी कांग्रेसकी यशोदा थारुले १० हजार ४५ मत ल्याउनुभयो ।

Loading...