onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

ठाकुरबाबा ३ को वडाअध्यक्षमा पुनः श्रीकृष्ण थारु प्यानल सहित निर्वाचित

Sambad ADD long

भुरिगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिका वडा नम्बर ३ को अध्यक्षमा श्रीकृष्ण थारु दोस्रो कार्यकालका लागि प्यानल सहित निर्वाचित हुनुभएको छ । थारु नेकपा एमालेका तर्फबाट वडाअध्यक्ष पदको उम्मेदवार हुनुहुन्थ्यो । ३ हजार ४४९ मत खसेकोमा थारुले १ हजार ३४८ मत प्राप्त गरी विजयी हुनुभएको छ, उहाँका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका सिताराम बिष्टले १ हजार ३ मत प्राप्त गर्नु भएको छ भने नेकपा माओबादी केन्द्रका कलिराम कुश्माले ७९४, राष्ट्रिय प्रजातन्त्र पार्टीका मनोज थापाले ६४ र नेकपा एसका प्रकाश खनालले २३ मत प्राप्त गर्नुभएको छ ।

नेकपा एमालेको तर्फबाट उम्मेदवार बन्नुभएका महिला सदस्य रुपकला कुमारी थापा १ हजार ३०० मत, दलित महिला सदस्य संगम नेपाली १ हजार २९९, खुल्ला सदस्य औंशे सुनारले १ हजार २६३ र राम कुमार थारु १ हजार २६३ मतका साथ विजयी हुनुभएको ठाकुरबाबा नगरपालिका निर्वाचन अधिकृतको कार्यालय, सैनवारले जनाएको छ । अघिल्लो स्थानियतह निर्वाचनमा पनि आज जननिर्वाचित वडाअध्यक्ष थारु नै लोकप्रिय मतका साथ निर्वाचित हुनुभएको थियो ।

ठाकुरबाबा नगरपालिका वडा नम्बर ३ को अन्तिम नतिजा :

Leave A Reply

Your email address will not be published.