
बर्दिया : मधुवन नगरपालिकाको मेयर र उपमेयर दुवैमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् ।
मधुवनको मेयरमा नेपाली काँग्रेसका तेज बहादुर भाटले ८ हजार ७ सय ७५ मत ल्याएर विजयी हुनुभयो, प्रतिष्पर्धी माओबादीका लक्ष्मीप्रसाद शर्माले ७ हजार ९ सय ३१ मत ल्याउनुभयो ।
उपमेयरमा नेपाली काँग्रेसका अननिता चौधरी ८ हजार ३ सय ३५ मत ल्याएर विजयी हुनुभयो भने प्रतिष्पर्धी माओबादी केन्द्रका शुभद्रा चाैधरी थारुले ७ हजार ८ सय ९९ मत ल्याउनुभयो ।