बर्दिया : राजनीतिक दलका प्रमुख तथा प्रतिनिधीहरुले स्थानीय तह निर्वाचन आचारसंहिता पालना गर्ने र निर्वाचनलाई शान्तिपुर्ण ढंगले सम्पन्न गर्ने प्रतिवद्धता जनाएका छन् ।
संवाद समूह बर्दियाले आयोजना गरेको स्थानीय तह निर्वाचनलाई शान्तिपुर्ण बनाउन निर्वाचन आयोगले बनाएको आचासंहिता पालन समबन्धि संवाद कार्यक्रममा सहभागि बर्दियाका राजनितिक दलका प्रमुख तथा प्रतिनिधीहरुले निर्वाचन आचारसंहिता पूर्ण रुपमा कार्यान्वयन गर्ने र निर्वाचनलाई शान्तिपुर्ण ढंगले सम्पन्न गर्ने प्रतिद्धता जनाएका हुन् ।
स्थानीय तहको निर्वाचन २०७९ लाई व्यवस्थित बनाउन तयार पारिएको आचारसंहिता पूर्ण रुपमा कार्यान्वयन गर्ने विषयमा संवाद समूह बर्दियाले आयोजना गरेको संवाद कार्यक्रममा विभिन्न जिल्लाभरका राजनितिक दलका प्रमुख तथा प्रतिनिधिहरुले सामुहिक रुपमा प्रतिबद्धता जनाएका संवाद समुह सदस्य लक्ष्मी नेपालले जानकारी दिनुभयो ।
बर्दियाका मुख्य निर्वाचन कार्यालय, जिल्ला निर्वाचन अधिकारी, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, अधिवक्ता, अधिकारकर्मी, नागरिक समाज लगायतको सहभागिता रहेको संवाद कार्यक्रममा राजनीतिकर्मीहरुले आफ्ना गतिविधिलाई शान्तिपूर्ण र मर्यादित बनाउदै निर्वाचन द्वन्द्वरहित बनाउने प्रतिवद्धता प्रकट गरेका हुन् ।
नेकपा एमालेका सचिवालय सदस्य अंगत श्रेष्ठले आचारसंहिता मात्र नभएर समावेशी सिद्धान्तलाई पनि आत्मासात् गर्दै चुनावमा सहभागी हुने बताउनुभयो । निर्वाचन स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र विश्सनीय बनाउन आचारसंहिताको पालना आफुले पनि पुर्ण रुपमा गर्ने र अरुलाई पनि गर्न लगाउने उहाँले बताउनुभयो ।
यस्तै छलफल कार्यक्रममा नेपाली काँगे्रसका जिल्ला सभापति अरुण प्रकाश सिंह राठौरले आचारसंहितालाई पालना गर्नु नै चुनावलाई द्वन्द्वरहित बनाउनु भएकाले सबै व्यक्तिहरुले आफ्नो दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
आचारसंहिताको कहिँ कतै उल्लंघन भएको पाइएमा उजुरी गर्न आग्रह गर्दै सहायक निर्वाचन अधिकृत हरी बहादुर चौधरीले प्रमाणका आधारमा कानूनी कारवाही गरिने बताउनुभयो । यस्तै उहाँले निर्वाचन आयोगले गर्नुपर्ने आचारसंहिताको काम संवाद समुह बर्दियाले गरिदिएकोमा धन्यवाद समेत दिनुभएको छ । बर्दियामा विगत चार वर्षदेखि संवाद समूहले विवादित सवालहरुमा समन्वयकारी भूमिका निर्वाह गर्दै आइरहेको छ ।
संवाद समूह बर्दियाले आयोजना गरेको राजनितिक दलका प्रमुख तथा प्रतिनिधीहरुसंग निर्वाचन आचारसंहिता पालना विषयक संवाद कार्यक्रममा मुख्य निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत हरी बहादुर चौधरी, जिल्ला प्रशासन कार्यलयका प्रशासकिय अधिकृत लोक प्रसाद ढकाल, प्रहरी नायव उपरिक्षक (डिएसपी) प्रकाश सापकोटा, जिल्ला निर्वाचन अधिकारी कृष्ण बहादुर कुँवर, जिल्ला बर्दिया अदालत बार एसोसियसनका अध्यक्ष कासिराम चौधरीको सहभागिता रहेको थियो ।
यसैगरि नेपाली काँगे्रसका जिल्ला सभापति अरुण प्रकाश सिंह राठौर, नेकपा माओबादी केन्द्रका प्रतिनिधि गेहेन्द्र प्रसाद ढकाल, नेकपा एमालेका सचिवालय सदस्य अंगत श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजबादीका प्रेम प्रसाद पोख्रेल, राप्रपाका अध्यक्ष बासुदेव शर्मा, जनता समाजबादी पार्टीका केन्द्रिय सदस्य कृष्ण प्रसाद यादव लगायत विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो ।
समाचारमा भएका केहि शब्दहरु सम्पादन गरी प्रकाशन गरिएको छ । – सम्पादक