onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

बर्दियाका आठै पालिकामा उम्मेदवारी दर्ता, कुन पालिकामा को उम्मेदवार ? (नामसहित)

Sambad ADD long

बर्दिया : आसन्न स्थानीय तहको निर्वाचनका लागि बर्दियामा शान्तिपूर्ण रुपमा उम्मेदवारी दर्ता सम्पन्न भएको छ । जिल्लाका छ नगरपालिका र दुई गाउँपालिका गरी आठ स्थानीय तहमा नगरप्रमुख, नगरउप–प्रमुख, वडाअध्यक्ष, महिला वडा सदस्य, दलित महिला वडा सदस्य र खुल्ला वडा सदस्य पदमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्ररुपमा उम्मेदवारी दर्ता भएका छन् ।

बर्दियाको आठ ओटै पालिकामा उमेदवारी दर्ता भएको छ । निर्वाचन आयोगले तोकेको कार्यतालिका अनुसार आज (सोमबार) ८ वटै पालिकामा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयहरुमा विभिन्न राजनीतिक दलहरुले पालिका प्रमुख तथा उप प्रमुखमा मनोनयन पत्र दर्ता गराएका छन् । आठवटा पालिका मध्ये दुइवटा पालिकामा मात्रै गठबन्धन भएको छ ।

  • गुलरिया नगरपालिका
    गुलरिया नगरपालिकामा नेकपा एमालेबाट प्रमुखमा अमरबहादुर खड्का र उप–प्रमुखमा टिका सम्सेली, नेपाली कांग्रेसबाट निवर्तमान नगर प्रमुख मुक्तिनाथ यादव र उप–प्रमुखमा सावित्रा गौतम, नेकपा माओवादी केन्द्रबाट प्रमुखमा गेहेन्द्र ढकाल र उप–प्रमुखमा इन्दिरा सुवेदी, जनता समाजवादी पार्टीबाट प्रमुखमा सुधाकर मिश्र र उप–प्रमुखमा सुमित्रा चौधरी तथा नेकपा एसबाट प्रमुखमा वालकृष्ण ओली र उप–प्रमुखमा कमला घिमिरेले मनोनयन दिनुभएको छ ।
  • बाँसगढी नगरपालिका
    बाँसगढी नगरपालिकामा नेकपा एमालेबाट प्रमुखमा खड्गबहादुर खड्का र उप–प्रमुखमा इन्द्रा थारु, नेपाली कांग्रेसबाट प्रमुखमा सविन थापा र उप–प्रमुखमा आकाश थारु, नेकपा माओवादी केन्द्रबाट भवनकुमार थारु र उप–प्रमुखमा भूमि विटालुले मनोनयन दर्ता गराउनु भएको छ । यस नगरपालिकामा माओवादी केन्द्र र नेकपा एस बीच वडा तहमा भने गठबन्धन भएको छ ।
  • ठाकुरबाबा नगरपालिका
    प्रमुख पदका लागि नेकपा एमालेबाट घननारायण श्रेष्ठ, नेपाली कांग्रेसबाट तिलकराम लम्साल, नेकपा माओबादी केन्द्रबाट नेत्रराज आचार्य, नेपाल मजदुर किसान पार्टीबाट पवित्रा शाही, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पार्वती लम्साल, विवेकशिल साझाबाट उमेश कुमार थापा, नेकपा एसबाट दुर्गा प्रसाद जैशी र स्वतन्त्रबाट धर्मराज रिजालको उम्मेदवारी दर्ता भएको छ । यस्तै नगरउप–प्रमुख पदमा नेकपा एमालेबाट बिना भट्टराई, नेपाली कांग्रेसबाट मञ्जु कुमारी चौधरी, नेकपा माओबादी केन्द्रबाट आशा कुमारी थारु, नेपाल मजदुर किसान पार्टीबाट राम कुमारी थारु, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट तारा प्रसाद चम्लागाईं र नेकपा एसबाट कुमारी मधु खनाल रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
  • बारबर्दिया नगरपालिका
    बारबर्दियामा नेकपा एमालेबाट प्रमुखमा पदम ढकाल र उप–प्रमुखमा नारायणी चौधरी, नेपाली कांग्रेसबाट प्रमुखमा छविलाल थारु र उप–प्रमुखमा रत्नकुमारी पाण्डे, नेकपा माओवादी केन्द्रबाट प्रमुखमा दशरथ थारु र उपप्रमुखमा शोभा थारुले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
  • मधुवन नगरपालिका
    मधुवन नगरपालिकामा नपाली कांग्रेसबाट प्रमुखमा तेजराज भाट र उप–प्रमुखमा अनिताकुमारी थारु, नेकपा एमालेबाट प्रमुखमा धर्मराज थापा र उप–प्रमुखमा सम्झना वि.क., नेकपा माओवादी केन्द्रबाट प्रमुखमा लक्ष्मी प्रसाद शर्मा र उप–प्रमुखमा शुभद्रा थारुले मनोनयन दर्ता गराउनु भएको छ ।
  • राजापुर नगरपालिका
    राजापुर नगरपालिकामा नेकपा एमालेबाट प्रमुखमा पहारी थारु र उप–प्रमुखमा सविता बख्रेल, नेपाली कांग्रेसबाट प्रमुखमा दिपकजंग शाह र उप–प्रमुखमा यसोदा चौधरी, नेकपा माओवादी केन्द्रबाट प्रमुखमा दिपेश थारु र उप–प्रमुखमा मनकला चौधरी, नागरिक उन्मुक्ति पार्टीबाट प्रमुखमा रामगोपाल चौधरी र उप–प्रमुखमा संगिता चौधरी तथा स्वतन्त्रबाट मोहन चौधरी र टंकप्रसाद जैसीले मनोनयन दिनुभएको छ ।
  • बढैयाताल गाउँपालिका
    बढैयाताल गाउँपालिकामा नेकपा एमालेबाट अध्यक्षमा निर्वतमान अध्यक्ष लाल बहादुर श्रेष्ठ र उपाध्यक्षमा लक्ष्मी अधिकारी, नेपाली कांग्रेसबाट अध्यक्षमा भगत नेपाली र उपाध्यक्षमा पवित्रा अर्याल, नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा हिमालय त्रिपाठी र उपाध्यक्षमा कमला गुरुङ्, नेकपा एसबाट अध्यक्षमा कौशिला सिंह ठकुरी र उपाध्यक्षमा डिलबहादुर के.सी.ले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
  • गेरुवा गाउँपालिका
    गेरुवा गाउँपालिकामा नेकपा एमालेबाट अध्यक्षमा भरत धामी र उपाध्यक्षमा मञ्जु शर्मा, नेपाली कांग्रेसबाट अध्यक्षमा जमानसिंह के.सी. र उपाध्यक्षमा लक्ष्मि कुमारी चौधरी, नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा विश्वराज थारु र उपाध्यक्षमा लिला चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अध्यक्षमा सोनापति चौधरी र उपाध्यक्षमा विच्छा शाही तथा नागरिक उन्मुक्ति पार्टीबाट अध्यक्षमा क्षेत्रपाल थारु र उपाध्यक्षमा केशरी कुमारी चौधरीले उम्मेदवारी दर्ता गराउनु भएको छ । गेरुवा गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एस बीच वडा तहमा तालमेल भएको छ ।
Leave A Reply

Your email address will not be published.