
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई नयाँ दिल्लीको राष्ट्रपति भवनमा औपचारिक स्वागत गरेका गर्नुभएको छ । दुई दिने भारत भ्रमणमा रहनु भएका बेलायती प्रधानमन्त्रीलाई राष्ट्रपति भवनमा गार्ड अफ अनर दिइएको थियो । “यो भारत-बेलायत मित्रता र दुई प्रजातन्त्र, सबैभन्दा ठूलो र सबैभन्दा पुरानो बीचको मिलनको शुभ क्षण हो । मलाई लाग्दैन कि भारत र बेलायतबीच यति बलियो र राम्रो सम्बन्ध कहिल्यै थिएन जुन अहिले छ”, जोनसनले भन्नु भयो ।
बेलायत र भारतको रणनीतिक प्रतिरक्षा, कूटनीतिक र आर्थिक साझेदारीमा घनिष्ट साझेदारीलाई सुदृढ पार्ने र इन्डो-प्यासिफिकमा सुरक्षा सहयोगलाई अगाडि बढाउने विषयमा गहिरो वार्ता गर्न भारत भ्रमणको सुरुवातमा जोनसन बिहीबार गुजरात आइपुग्नु भएको हो “ुउनीहरू (गुजरातका मानिसहरू) ले हाम्रो लागि शानदार स्वागत गरे । यो एकदम असाधारण थियो। मैले यस्तो रमाइलो स्वागत कहिल्यै देखेको छैन”, प्रधानमन्त्री जोनसनले भन्नुभयो, “मैले यस्तो स्वागत संसारमा अरू कतै पाएको थिइनँ । पहिलो पटक तपाईको (प्रधानमन्त्री मोदीको) गृह राज्य हेर्न पाउँदा अचम्म लाग्यो ।”
यसअघि बेलायती प्रधानमन्त्रीले राजघाटमा महात्मा गान्धीप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो । बेलायती प्रधानमन्त्रीले भारतका विदेशमन्त्री एस जयशंकरसँग वार्ता गर्ने कार्यक्रम छ र त्यसपछि दुवै पक्षले हैदराबाद हाउसमा करिब १ बजे प्रेस विज्ञप्ति जारी गर्ने बताइएको छ ।