onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

मधुवन नगर प्रमुखद्वारा वन्यजन्तुको क्षती वापतको राहत वितरण कार्यक्रम बहिस्कार

Sambad ADD long

मधुवन, बर्दिया : मानवीय क्षति भएपछि सरकारले दिने राहत १० लाख रुपैयाँ संघीय सरकारबाट र पीडितसंग लुम्बिनी प्रदेश सरकारबाट १ लाख गरि ११ लाख प्राप्त हुनुपर्नेमा १ लाख घटाएर जम्मा १० लाख मात्र पाउने भएपछी मधुवन नगरपालिकाका नगर प्रमुख तेजबहादुर भाटले राहत वितरण कार्यक्रम बहिष्कार गर्नुभएको छ । परिमार्जित राहत निर्देशिका २०८० ले निर्दिष्ट गरेको १० लाख मात्र छ ।

वन्यजन्तुबाट भएको क्षती वापतको राहत ११ लाख प्राप्त हुनुपर्नेमा १ लाख घटाएको भन्दै मधुवनका नगर प्रमुख भाटद्वारा राहत वितरण कार्यक्रम बहिष्कार गर्दा पनि राहत लिएर आएको टोलीले राहत बाँडेको छ । बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ३ खाता सामुदायिक वन समन्वय समितिको सभा हलमा वन्यजन्तुबाट भएको क्षति वापतको राहत डिभिजन वन कार्यालय बर्दियाले आइतबार वितरण गरेको छ । लुम्बिनी प्रदेश वन वातावरण मन्त्री देवकरण प्रसाद कलवारले राहत वितरण गर्नुभएको हो ।

गत भदौ ११ भन्दा अगाडि क्षती भएका (३ वर्षदेखि)ले राहत पाएका हुन् । पशुधन क्षती राहत १ सय २१ जना र मानवीय क्षती तथा घाइते १३ जना गरि ५४ लाख ३९ लाख ८ सय रुपैयाँको चेक तथा नगद वितरण गरिएको छ । कार्यक्रममा लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवार, लुम्बिनी प्रदेश वन सचिव तथा डिभिजन वन कार्यालय बर्दियाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.