onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

Radio Tiger || रेडियाे टाइगर

Sambad ADD long

[radio_player id=”1638″]

रेडियो टाइगर लुम्बिनी प्रदेशको सुदुर जिल्ला बर्दियाको ठाकुरबाबा नगरपालिका–१, भुरिगाउँबाट २०७३ श्रावण १ गतेबाट प्रसारण शुभारम्भ भएको हो । २०७२ सालको आषाढ महिनामा रेडियो टाइगरले ईजाजत पत्र पाए पनि देशमा नाकाबन्दि र बन्द हडतालका कारण एक वर्ष पछी २०७३ सालको श्रावण महिनामा स्थापना गरिएको हो ।

बर्दिया जिल्लालाई आफ्नो सेवा क्षेत्र बनाएर १०० वाट क्षमता बाट रेडियो टाइगर एफ. एम. ८८.२ मेगाहर्ज संचालनमा ल्याईएको २ वर्ष भित्रै ५०० वाट क्षमतामा अभिवृद्धी भएसंगै फ्रिक्वेन्सी परिवर्तन गरी रेडियो टाइगर ९९.२ मेगाहर्ज बर्दिया जिल्ला सहित बाँके, सुर्खेत, कैलाली लगायतका जिल्लाहरुमा पनि सुन्न सकिने गरी रेडियोको प्रशारण क्षमता अभिवृद्धि गरिएको छ ।

रेडियो टाइगर बाघ लगायतका वन्यजन्तु संगै वन वातावरण जोगाउनु पर्ने सन्देश दिँदै गाँउ समाज र राष्ट्रप्रति संबेदनशिल छ । रेडियो टाइगरले साना–साना सवाल होस् वा राष्ट्रियस्तर देखि अन्र्तराष्ट्रिय स्तरका सुचना (समाचार)लाई आम जनमानसमा संप्रेशण गर्दै आई रहेको छ । रेडियो प्रसारण सुनीने स्थानका स्रोतालाई उत्कृष्ठ संचार माध्यमको रुपमा परिचित गराउन रेडियो टाइगरले दक्ष तथा प्रतिभावान संचारकर्मीलाई भिन्न–भिन्न क्षेत्रमा पृथक कार्यशैलिका साथ काम गर्ने जिम्मेवारी सुम्पिएको छ ।

त्यसैले गर्जन्छ सधैँ… बाघ झैँ… रेडियो टाइगर ९९.२ मेगाहर्ज अन्तरमनको साथी संयोजित जनशक्ति र उत्कृष्ट कार्य सम्पादनको संगम स्थल पनि हो । जुझारु ब्यबस्थापन सम्मिलित रेडियो टाइगरले सरकारी, गैरसरकारी निजि एवम् व्यवसायिक संस्थाका सूचनामुलक तथा व्यवसायिक बिज्ञापन जानकारी प्रसारण गरि निजी एवम् संस्थागत व्यवसायमा अझ थप बृद्धि गर्न सहयोग गर्नेछ ।

थप जानकारीका लागि :

०८४-४०३१८८ (स्टेशन) ९८५८०-५०९६१ (प्रबन्ध निर्देशक)

Comments are closed.