onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

सिको साकोसको ७ औँ वार्षिक साधारणसभा सम्पन्न

Sambad ADD long

भुरीगाउँ, बर्दिया : एउटै अभियान, एउटै आवाज, सुरक्षित साकोस सम्मुन्नत समाज नाराका साथ अगाडी बढ्दै, सिको साकोसको सातौँ वार्षिक साधारणसभा भव्यताका साथ सम्पन्न भएको छ ।

गत भदौ २७ गतेदेखि सुरुभएको विभिन्न ८ वटा सेवाकेन्द्र भुरीगाउँ, बालकुमारी सेवा केन्द्र शाहीपुर, सिर्जना सेवाकेन्द्र बर्गदा, ठाकुरद्धारा सेवाकेन्द्र, डल्फिन सेवाकेन्द्र राजापुर, कालिगौडी सेवा केन्द्र, कोसेली सेवा केन्द्र र मौसमी सेवाकेन्द्रको वार्षिक साधारणसभा पश्चात आज केन्द्रिय वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

ठाकुरबाबा १ भुरीगाउँमा सम्पन्न वार्षिक साधारणसभा अन्तरगत सिको सहकारी संस्थाका केन्द्रिय महासचिव प्रकाश कुमार आचार्यले आर्थिक वर्ष २०७९÷८० को वार्षिक प्रगती प्रतिवेदन अनुमोदन तथा आर्थिक वर्ष २०८१÷८२ को प्रस्तावित निती तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ ।

संस्थामा असार मसान्त सम्ममा १० हजार ७ सय ११ शेयर सदस्य आवद्ध रहेका छन् भने हाल १२ किसीमका बचतका प्रकार रहेका संस्थाका सुचना अधिकारी शङकर गौतमले जानकारी दिनुभयो ।

वार्षिक साधारण सभामा संस्थाले आर्थिक वर्ष २०८०/०८१ मा विभिन्न विधामा उत्कृष्टलाई सम्मान गरेको छ । जस अन्तरगत यस वर्ष उत्कृष्ट कर्मचारीमा केन्द्रिय कार्यालयका साहयक अधिकृत राम बहादुर थारु, उत्कृष्ट शेयर खरिद कर्ता ठाकुरद्धारा सेवा केन्द्रका दिप नारायण ढकाल, उत्कृष्ट जीवीकोपार्जन क्लवमा सिको हरियाली जीविकोपार्जन ठाकुरबाबा ६ कोसेली सेवाकेन्द्र सम्मानित भएको छ ।

यसैगरि उत्कृष्ट बाल बचत कर्तामा भुरीगाउँ सेवाकेन्द्रका दिप्सन क्षेत्री, उत्कृष्ट व्यवसायीमा भुरीगाउँ सेवा केन्द्रकी सरस्वती गौतम र उत्कृष्ट आकस्मिक वचत कर्ता भुरीगाउँ सेवा केन्द्रकी मान कुमारी शाहि तथा रक्तदानमा संस्थाका शेयर सदस्य छविलाल लम्साल सम्मानित भएका छन ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी तथा ठाकुरबाबा नगरपालिकाका मेयर तिलकराम लम्सालले ठाकुरबाबा नगरपालिका सहकारीको क्षेत्र भएको बताउँदै अहिले सम्म सहकारी सम्बन्धी समस्याहरु आफुकहाँ नआएको र उत्पादनसंग जोडिएको सहकारी समेत स्थापना भएको बताउनुभयो ।
यस्तै उहाँ सिको साकोसको प्रगतीको शुभकामना ब्यक्त गर्नुभयो ।

यसरी सहकारीलाई निति विधीअनुसार संचालन गर्नका लागि सवैको साथ र सहयोगको आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो ।

सिको सहकारी संस्थाका अध्यक्ष दामोदर अधिकारीको अध्यक्षतामा सम्पन्न साधारण सभामा प्रमुख अतिथी ठाकुरबाबा नगरपालिकाका मेयर तिलकराम लम्साल, विशिष्ट अतिथीमा ठाकुरबाबा नगरपालिकाकी उपमेयर विना कुमारी भट्टराई,सहकारी विकास वोर्डका कार्यकारी उपाध्यक्ष टिकाराम पोख्रेल, नेफ्स्कुन संचालक समिती सदस्य दिप्ती शाही तथा अतिथीमा राष्ट्रि«य सहकारी बैँक संचालक समिती सदस्य विजय धिताल रहनुभएको थियो ।

सम्पन्न ७औँ केन्द्रिय वार्षिक साधारण सभामा संस्थाका संचालक समिती, लेखा सुपरिवेक्षण समिती लगायत शेयर सदस्य सहित, कर्मचारी तथा विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको कार्यक्रम संचालक तथा संस्थाका महासचिव प्रकाश कुमार आचार्यले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.