onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

ठाकुरबाबा नगरपालिकाद्वारा कृतिम हात, खुट्टा तथा क्यालिपर वितरण

Sambad ADD long

भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिकामा विभिन्न कारणले हात, खुट्टा गुमाउनु भएका ब्यक्तिहरूको जीवन सहज बनाउनका लागि ठाकुरबाबा नगरपालिकाले सहयोग गरेको छ ।

ठाकुरबाबा नगरपालिकामा बसोबास गर्नुहुने १५ जना शारिरिक अपाङ्गता भएका व्यक्तीहरूलाई कृतिम हात, कृतिम खुट्टा तथा क्यालिपर तयारीका लागि नगरपालिकादेखि भारतको राजस्थानसम्म गत १७ गते पठाइएको थियो ।

भारतको जयपुर, राजस्थान स्थित भगवान महाविर विकलाङ्ग सहायता समितिसँगको सहकार्य र ठाकुरबाबा नगरपालिकाको सहयोगमा पठाइएको हो र उनीहरु हिजो फर्किएका ठाकुरबाबा नगरपालिकाकी उपप्रमुख विनाकुमारी भट्टराईले जानकारी दिनुभयो ।

उनीहरुलाई हिजो नगरपालिकामा स्वागत गरिएको र अपाङगता सहायक सामाग्रीहरु हस्तान्तरण गरिएको छ ।

ठाकुरबाबा नगरपालिकाले पालिकाभित्र बसोबास गर्नुहुने अपाङगता भएका व्यक्तिहरुका लागि निःशुल्क कृत्रिम हात, खुट्टा र क्यालिपरको व्यवस्था गरेको हो ।

कृत्तिम हात, खुट्टा तयार भई उनीहरुको दैनिक जीवनचर्यामा केहि सहजता हुने अपेक्षा लिएको ठाकुरबाबा नगरपालिका महिला बालबालिका तथा समाज कल्याण उपशाखा प्रमुख गोगनसरा आचार्यले बताउनुभयो ।

१५ जना मध्ये २ जनालाई पुनः डेड महिना पछि लगिने उहाँले बताउनुभयो । कृत्रिम हात, खुट्टा तथा क्यालिपर पाएपछि अपाङ्गता भएका व्यक्तिहरुले नगरपालिकाप्रति आभार प्रकट गर्दै खुशी व्यक्त गरेका छन ।

Leave A Reply

Your email address will not be published.