onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

ठाकुरबाबामा अपाङ्गता भएकाको लागि सहायक सामाग्री वितरण गरिँदै

सहायक सामाग्री वितरणका लागि ७० जना छनौट

Sambad ADD long

भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरूका लागि सहायक सामाग्री आवश्यक व्यक्ति पहिचान कार्यक्रम सम्पन्न भएको छ । आर्थिक वर्ष २०८०/८१ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार ठाकुरबाबा नगरपालिकाको महिला बालबालिका तथा समाज कल्याण उपशाखा तर्फको अपाङ्गता सहायक सामाग्री सहयोग कार्यक्रमका लागि व्यक्ति छनौट गरिएको हो ।

ठाकुरबाबा नगरपालिका वडा नम्बर १ देखि ५ सम्म बसोबास गर्ने अपाङ्गता भएका व्यक्तिहरूका लागि सोमबार वडा नम्बर १ को कार्यालय भुरीगाउँमा र वडा नम्बर ६ देखि ९ सम्म बसोबास गर्ने अपाङ्गता भएका व्यक्तिहरूका लागि मङ्गलवार वडा नम्बर ८ को कार्यालयमा व्यक्ति पहिचान कार्यक्रम सम्पन्न भएको हो ।

दुई दिनसम्म सञ्चालन भएको कार्यक्रमबाट ७० जना अपाङ्गता भएका व्यक्तिहरू छनोट गरिएको महिला बालबालिका तथा समाज कल्याण उपशाखा प्रमुख गोगनसरा आचार्यले जानकारी दिनुभयो । अपाङ्गता भएका व्यक्तिहरूको आवश्यकता अनुसार उनीहरूलाई ह्वील चियर, कृत्रिम हातखुट्टा, बैसाखी, सेतो छडी, हियरिङ ऐड लगायतका सामाग्री वितरण गरिने महिला बालबालिका तथा समाज कल्याण उपशाखा प्रमुख आचार्यले बताउनुभयो ।

अपाङ्गता भएका व्यक्तिहरूका लागि सहायक सामाग्री आवश्यक व्यक्ति पहिचान कार्यक्रमलाई बाँके अपाङ्गता महिला सङ्घले प्राविधिक सहयोग गरेको हो ।

Leave A Reply

Your email address will not be published.