onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

महावीर पुनकाे अभियानमा सहयोग स्वरुप ठाकुरबाबा नगरपालिकाद्वारा १ सय थान किताब खरिद

नगर प्रमुख तिलकराम लम्सालको सेवा सुविधाको १ लाख रकमबाट पुस्तक खरिद

Sambad ADD long

भुरीगाउँ, बर्दिया : बिरगंज कृषि औजार कारखाना संचालनका लागि आफ्नै जीवन गाथा समेटिएको पुस्तक बिक्री गर्दै देशब्यापी रुपमा हिडिरहनु भएका महावीर पुन पुस्तक बेच्न बर्दिया आइपुग्नुभएकाे छ ।

कृषि औजार कारखाना संचालन गर्न देशभरका ३ कराेड नेपाली मध्ये ३ लाख नेपालीलाई पुस्तक बिक्रि गर्ने लक्ष्य राखेर मेचि महाकाली महाअभियानमा हिडिरहनुभएका पुन हिँजाे शुक्रबार बर्दिया आइपुग्नु भएको हाे ।

पुस्तक बिक्रि गर्न शनिबार ठाकुरबाबा नगरपालिकामा आइपुग्नुभएका महाविर पुनबाट नगरपालिका कार्यालयले १०० थान किताब खरिद गरेको छ । यस्तै ठाकुरबाबाका नगर प्रमुख लम्सालले पुनको अभियानमा साथ दिन व्यक्तिगत रुपमा १ लाख रुपैयाँ सहयोग स्वरुप प्रदान गर्दै १३६ थान पुस्तक खरिद गर्नुभएको छ ।

अभियन्ता पुन शुक्रबार साँझ बर्दियाको ठाकुरबाबा नगरपालिकामा आइपुग्नु भएको हो र उहाँलाई शनिबार विहान नगरपालिकामा स्वागतसहित उहाँकाे अभियानमा साथ दिन नगरपालिकाले १०० थान किताब खरिद गरेको प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालले जानकारी दिनुभयो ।

ठाकुरबाबा नगरपालिकाको भुरीगाउँमा आइपुग्नुभएका पुनलाई शुक्रबार साँझ नगर प्रमुख तिलकराम लम्सालले स्वागत गर्दै शनिवार विहान कृषि औजार कारखाना संचालनका लागि सहयोग स्वरुप नगर प्रमुख तिलकराम लम्सालले आफ्नो सेवा सुविधाको रकमबाट १ लाख रुपैयाँबाट पुनको आत्मकथाकाे पुस्तक खरिद गर्नुभएको नगर प्रमुख लम्सालको सचिवालयका जीवन कँडेलले जानकारी दिनुभयो ।

उहाँले १३६ थान पुस्तक १ लाख १ हजार २५९ रुपैयाँमा खरिद गर्नुभएको हो भने नगरपालिकाले ७५ हजार रुपैयाँ बराबरका १०० थान पुस्तक खरिद गरेको हो ।

Leave A Reply

Your email address will not be published.