onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

ठाकुरबाबामा नि:शुल्क पशु स्वास्थ्य शिविर सम्पन्न

Sambad ADD long

भुरीगाउँ, बर्दिया : कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता साझेदारी परियोजनाको एक दिने नि:शुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

ठाकुरबाबा नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोग एवम् उज्यालो नेपालको साझेदारीमा कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता साझेदारी परियोजनाको चालु आर्थिक वर्ष २०८०/८१ अन्तरगत स्वीकृत कार्यक्रम अनुसार नि:शुल्क पशु स्वास्थ्य शिविर ठाकुरबाबा नगरपालिका–९ हात्तिसार टोलमा सम्पन्न भएको हो ।

पशु सेवा केन्द्रको पहुँच भन्दा टाढा रहेका किसानहरुलाई लक्षित गरि आयोजना गरिएको शिविरमा ठाकुरबाबा नगरपालिकाका पशु चिकित्सक डा. सिजन शाहि को नेतृत्वमा रहेको नगरपालिका तथा परियोजनाका प्रविधिकहरुको टिमले ५०० भन्दा बढी साना–ठूला पशुहरुमा आन्तरिक तथा बाह्य परजिवी नियन्त्रण, जुकाको औषधी, कृत्रिम गर्भाधान, गर्भ परिक्षण, पशुहरुमा विभिन्न किसिमका लक्षणहरुको पहिचान गरि औषधि उपचार, ठुलासाना पशुको बन्ध्याकरण, छाला सम्बन्धि रोगहरु, रेबिज, बंगुरमा लाग्ने रोगको चेकजाँच लगायतका सेवा प्रदान तथा लक्षणका आधारमा देखिएका अन्य रोगहरुको उपचार गरिएको परियोजनाका प्राविधिक संयोजक कमल खड्काले जानकारी दिनुभयो ।

परियोजनाका लेखा अधिकृत रामशंकर सुवेदीले सहजिकरण गर्नुभएको कार्यक्रमको नगर प्रमुख तिलकराम लमसाल, उपप्रमुख बिनाकुमारी भट्टराई तथा वडा नम्बर ९ की वडाअध्यक्ष राधा चौधरीले प्राविधिकद्वारा सिफारिस गरेको औषधी पशुपालक किसानहरुलाई वितरण गरी संयुक्त रूपमा शुभारम्भ गर्नुभएको थियो । कार्यक्रममा नगर प्रमुख तिलकराम लम्सालले परम्परागत भन्दा व्यवसायिक रुपमा पशुपालन गर्न, नश्लसुधार गर्न र पशुहरुकोे नियमित रुपमा स्वास्थ्य चेकजाँच गर्नु पर्ने, बाह्य तथा आन्तरिक परजीवीकोे नियन्त्रण गर्नु पर्ने बताउनु भयो ।

यस्तैगरि समय–समयमा भेक्सिनेसन गर्न तर्फ जोड दिनुपर्ने र पशुहरुको उत्पादकत्वमा वृद्धि गरि आर्थिक लाभ लिन पशुपालक किसानलाई अनुरोध गर्दै नगरपालिकाले पशुपालक किसानलाई हरेक कुरामा सहयोग गर्दै आइरहेको यस्ता कार्यक्रमहरुलाई प्रथमिकताका साथ निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

ठाकुरबाबा नगरपालिका–९ मा सम्पन्न शिविरमा गाई/भैँसी/गोरु ८९ वटा, बाख्रा,बोका/पाठापाठी गरि ३७८ वटा, बंगुर ३१ वटा र ८ वटा कुकुरको स्वास्थ्य परिक्षण गरि उपचार गरिएको थियो भने १६१ भन्दा बढी किसान परिवार लाभान्ति भएकोे परियोजनाका प्राविधिक संयोजक खड्काले बताउनुभयो ।

ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लमसालको प्रमुख आथित्यतमा भएको कार्यक्रममा विशिष्त अथिति उप प्रमुख बिना कुमारी भट्टराई , ठाकुरबाबा नगरपालिकाका वडा ९ की वडा अध्यक्ष राधा चौधरी लगायतको उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.