onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

बारबर्दियामा बालविवाह न्यूनीकरणका लागि सडक नाटक प्रदर्शन

Sambad ADD long

जयनगर, बर्दिया : राधाकृष्ण थारु जनसेवा केन्द्रद्वारा सञ्चालित प्लान इन्टरनेशनल नेपालको  साझेदारी तथा बारबर्दिया नगरपालिका वडा नम्बर ६ को आयोजनामा बालिका सशक्त परियोजना अन्तरगत समुदायमा बालविवाह विरुद्ध जनचेतना मूलक सडक नाटक कार्यक्रम सम्पन्न भएको छ ।

बारबर्दिया नगरपालिका-६ गुलरामा जनचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको छ । बालविवाह न्यूनीकरण, लागूपदार्थ दुर्व्यसनी तथा लैङ्गिक हिंसा सम्बन्धी जनचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको हो । बालविवाह न्यूनीकरण र बाल अधिकार सम्बन्धी जनचेतनामूलक सडक नाटक गरिएको छ । किशोर–किशोरीहरूको प्रस्तुतिमा बाल विवाह न्यूनीकरण र बाल अधिकार सम्बन्धी जनचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको हो ।

बाल विवाहको कारण बालक तथा बालिकाको शिक्षा, स्वास्थ्य र उनीहरूको जीवन तथा परिवारमा पर्न सक्ने असरको बारेमा विद्यालयका बालबालिकालाई जानकारी दिने उद्देश्यले सडक नाटक प्रदर्शनी गरिएको राधाकृष्ण थारु जनसेवा केन्द्रकी फिल्ड सुपरभाइजर विनीता चौधरीले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.