onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

ठाकुरबाबाले सुरु गरेको नि:शुल्क शिक्षा देशभरमै उदाहरणीय

शिक्षा पत्रकार समूहद्वारा सम्मानित

Sambad ADD long

भुरीगाउँ, बर्दिया : शिक्षा पत्रकार समूहले आफ्नो रजत जयन्तीका अवसरमा देशभरका स्थानीय पालिकाहरू मध्ये बर्दियाको ठाकुरबाबा नगरपालिकालाई शिक्षा क्षेत्रमा महत्त्वपूर्ण कार्य गरेको भन्दै सम्मान गरेको छ ।  झन्डै २५ वर्ष अघि स्थापना भएको शिक्षा पत्रकार समूहले रजत जयन्ती विशेष कार्यक्रम मनाउँदै गर्दा २०७९ सालदेखि नगरपालिकाले सुरु गरेको नि:शुल्क शिक्षा अभ्यासलाई उच्च प्राथमिकता राखी ठाकुरबाबा नगरपालिकाकालाई सम्मान गरेको हो ।

देशभरका स्थानीय पालिकाहरू मध्ये बर्दियाको ठाकुरबाबा नगरपालिकाले २०७९ सालदेखि सुरु गरेको नि:शुल्क शिक्षा अभ्यासलाई उच्च सम्मान गर्दै शिक्षा पत्रकार समूहले ठाकुरबाबा नगरपालिकालाई सम्मान गरेको हो ।

रजत जयन्तीका अवसरमा हिजो शनिवार काठमाण्डौमा आयोजित कार्यक्रममा ठाकुरबाबा नगरपालिकाले २०७९ सालबाट सुरु गरेको नि:शुल्क शिक्षा कार्यान्वयन, तहगत शिक्षक दरबन्दी मिलान, शिक्षक बैङ्क स्थापना लगायत शिक्षा क्षेत्रमा धेरै ठुलो लगानी गरेकाले देशभरमै उत्कृष्ट पालिका सम्मान २०८० बाट सम्मानित गरिएको नगर प्रमुख तिलकराम लम्सालले जानकारी दिनुभयो । देशभरका स्थानीय पालिकाहरू मध्ये बर्दियाको ठाकुरबाबा नगरपालिकाले २०७९ सालदेखि सुरु गरेको नि:शुल्क शिक्षा अभ्यासलाई उच्च सम्मान गर्दै शिक्षा पत्रकार समूहले सम्मान गरेको प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालले बताउनुभयो ।

नगर प्रमुख तिलकराम लम्साल, उपप्रमुख बिनाकुमारी भट्टराई र प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजाल सहितको टोलीलाई शिक्षा पत्रकार समूहका अध्यक्ष कृष्ण मल्ल, सम्मान तथा पुरस्कार छनौट समितिका संयोजक प्राध्यापक डाक्टर विद्यानाथ कोइराला र शिक्षामन्त्री अशोककुमार राईले सम्मान पत्र प्रदान गर्नुभएको नगर प्रमुख लम्सालले जानकारी दिनुभयो । शिक्षा क्षेत्रमा आफ्नो पालिकामा गरेको कार्यको मूल्याङ्कन गरी पालिका परिवारलाई प्रशंसासहित सम्मानित गरेकोमा आभार व्यक्त गर्दै शैक्षिक गुणस्तर उकास्दै शिक्षा क्षेत्रमा अझैँ थप काम गर्ने हौसलासङै जिम्मेवारी थपिएको महसुस भएको उहाँले बताउनुभयो ।

ठाकुरबाबा नगरपालिकाले शिक्षा क्षेत्रमा गरेको प्रयासमा मूल्याङ्कन गरी सम्मान प्रदान गरेकोमा शिक्षा पत्रकार समूहलाई आभारसहित कृतज्ञता ज्ञापन गर्दै नगरपालिकाले लिएको नीति तथा कार्यक्रम कार्यान्वयनमा सहयोग पुर्‍याउने सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, शिक्षक, अभिभावक, तथा सम्पूर्ण सरोकारवालाहरूलाई नगर प्रमुख तिलकराम लम्साल र उपप्रमुख बिनाकुमारी भट्टराईले आभारसहित धन्यवाद दिनु भएको छ ।

शिक्षा पत्रकार समूहको रजत जयन्ती एवम् सम्मान कार्यक्रममा शिक्षा मन्त्री अशोककुमार राईले विद्यालय शिक्षा मूलत: स्थानीय तहलाई नै दिइएकाले आफ्नो पालिकामा शैक्षिक गुणस्तर माथि उठाउँदै सबैले सर्वसुलभ शिक्षा पाउनका लागि पालिका आफै अग्रसर भएर अघि बढ्नुपर्ने बताउनुभयो ।

 

Leave A Reply

Your email address will not be published.