onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

ठाकुरबाबामा नि:शुल्क पशु स्वास्थ्य शिविर सम्पन्न

Sambad ADD long

भुरीगाउँ, बर्दिया : कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता साझेदारी परियोजनाको पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । ठाकुरबाबा नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोग एवम् उज्यालो नेपालको साझेदारीमा ठाकुरबाबा नगरपालिका–३, चटकपुर र ठाकुरबाबा नगरपालिका–२, तीनघरुवामा परियोजनाको पशु स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

ग्रामिण क्षेत्रका किसानले पाल्दै आएका पशुमा देखिएको बाँझोपनको निवारण गरी दुग्ध उत्पादनमा बृद्धि गर्दै किसानको आर्थिक समृद्धिमा सहयोग पुर्‍याउने उद्देश्यले शिविर सञ्चालन गरिएको उज्यालो नेपालका परियोजना संयोजक यमबहादुर थापाले बताउनुभयो ।

पशु सेवा केन्द्रको पहुँच भन्दा टाढा रहेका किसानहरुलाई लक्षित गरि आयोजना गरिएको शिविरमा ठाकुरबाबा नगरपालिकाका पशु चिकित्सक डा. सिजन शाहीको सहजिकरणमा पशु चिकित्सक सहितको टोलिद्वारा जुकाको औषधी, कृत्रिम गर्भाधान, खोरेत रोग विरुद्ध भ्याक्सिन, गर्भ परिक्षण, पशुहरुमा विभिन्न किसिमका लक्षणहरुको पहिचान गरि औषधि उपचार, ठुलासाना पशुको बन्ध्याकरण, रेबिज, साइन फिबर, बंगुरमा लाग्ने रोग चेकजाँच लगायतका सेवा प्रदान गरिएको परियोजनाका प्राविधिक संयोजक कमल खड्काले जानकारी दिनुभयो ।

शिविरको उद्घघाटन उज्यालो नेपालका अध्यक्ष नवराज न्यौपानेले पहिलो सेवाग्राही किसानलाई जुकाको औषधि र भिटामिन हस्तान्तरण गरि सुरुवात गर्नुभएको हो । शिविरमा ८६ भन्दा बढी किसानहरुले विभिन्न सेवाहरु लिएको परियोजनाका प्राविधिक संयोजक खड्काले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.