onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

रातभरि डिजे आतंक, तत्काल ध्वनि प्रदुषण कम गर्न स्थानीयको माग

Sambad ADD long

बर्दिया : सदरमुकाम गुलरियासहित ठाकुरबाबा, बारबर्दिया, मधुवन, राजापुर लगायत जिल्लाभर नै विशेषगरी रातिको समयमा ठूलो स्वरमा गीत बजाउने कार्य राेक्न तथा प्रतिबन्ध लगाउन स्थानीयबासिन्दाले माग गरेका छन् ।

रातभरि चर्काे आवाजमा डिजे बजाउने कार्य कम गर्न उपभोक्ता हित संरक्षण मञ्चले माग गर्नुपर्ने स्थानीयले जनाएका छन् । यतिबेला विवाह र अन्य धार्मिक कार्यमा ठूला साउन्ड सिस्टम जोडेर र डीजेमार्फत रातभरि चर्को आवाजमा गीत संगीत बजाउँदा जनजीवन प्रभावित भएको छ ।

रातको समयमा चर्काे स्वरमा गीत, संगीत बज्दा बालक, बृद्वबृद्वा, सुत्केरी, बिरामी, विद्यार्थीहरु सुत्नै नसक्ने जनगुनासो बढेको छ । गाउँघर तथा बजार क्षेत्रमा आयोजना गरिने विभिन्न सामाजिक, राजनीतिक र आध्यात्मिक कार्यक्रमहरुमा लाउड स्पीकर र डीजेको प्रयोग गर्दा अत्याधिक ध्वनि प्रदुषण हुने भएकोले यस्ता कार्यलाई कम गर्नुपर्ने र तोकिएको मापदण्ड भित्र रहेर कार्य गर्नुपर्ने स्थानीयकाे माग छ ।

डिजेको चर्को आवाजले स्वास्थ्य र वातावरणमा नकारात्मक असर परिरहेकोले यसलाई तत्काल कम गर्नुपर्ने आवाज उठेको छ । चर्को आवाजमा बजाइने डिजेले ध्वनिप्रदुषण भई मुटु र तनाव जस्ता मानसिक स्वास्थ्य समस्या उत्पन्न हुने चिकित्सककाे भनाइ छ ।

राति १० बजेपछि विहान पाँच बजेसम्म चर्को आवाज आउने गरी कुनै पनि ठाउँमा डिजे बजाउन राेक्न तथा अटेर गरेमा प्रहरी परिचालन गरी ध्वनि प्रदुषण रोक्नुपर्ने स्थानीयबासिन्दाले स्थानीय प्रशासन र स्थानीय सरकार समक्ष माग गरेका छन् ।

Leave A Reply

Your email address will not be published.