
राजापुर, बर्दिया : टिकापुर नगरपालिका–७, सत्तीमा रहेके पदमप्रकाशेश्वर महादेव मन्दिरमा काठमाण्डौका श्रेष्ठ दम्पतिले लाख रुपैयाँ बढी मूल्यको सुनको बेलपत्र चढाउनु भएको छ । काठमाण्डौ बुढानिलकण्ठ निवासी किर्तन श्रेष्ठको परिवारले सुनको बेलपत्र चढाएको हो ।
आफ्नो घरमा जन्मिएको सन्तानमा आखामा समस्या हुने गरेको बताउँदै परिवारमा बसांणुगत रुपमा रहेको समस्या अबको पुस्तामा नआओस् भन्ने मनोकामनाका साथ केहि वर्ष अघि सत्तीमा रहेको पदमप्रकाशेश्वर महादेव मन्दिरमा पुजा अर्चना गरी भाकल गरेको उहाँले बताउनुभयो । अहिले उहाँको छोरामा समस्या नदेखिएकोले सपरिवार काठमाण्डौबाट आएर एकतोला तौलको सुनको बेलपत्र अर्पण गरेको किर्तन श्रेष्ठले बताउनुभयो ।
कैलालीको सत्तीमा रहेको मन्दिर कहिले स्थापना गरियो ठ्याक्कै तिथि मिति कसैलाइ जानकारी नभएपनि मन्दिर एकदमै प्राचिन भएको जन विश्वास रहि आएको छ । त्रेतायुगमा भगवान परशुरामले पिता जमदग्रनको आज्ञापालन गर्ने क्रममा आफ्नी आमाको हत्या गरे पश्चात सो पापबाट मुक्ति हुनका लागि मन्दिर स्थापना गरी पुजा अर्चना गरेको जनविश्वास रहेको मन्दिर सरंक्षण समितिका अध्यक्ष बिदुरलाल कायस्थले जानकारी दिनुभयो ।
बिक्रम संवत् १९६५ माघ शुक्ल दशमीको अवसरमा राजा नरेन्द्र विक्रमको कान्छी महारानी पद्मावतीद्वारा यस मन्दिरको जिर्णोद्वार गरिएको सम्पदा सम्बन्धी केहि पुस्तकमा उल्लेख गरिएको पाइएको मन्दिर सरंक्षण समितिका सचिव भिम श्रीपालीले बतउनुभयो । प्राचिनकालदेखि नै यो मन्दिर नेपाली भक्तजनका साथै भारतिय भक्तजनको आस्थाको केन्द्रको रुपमा रहि अएको छ ।
२०६७/६८ मा मन्दिर शतवार्षिकी मनाउदा भारत उत्तराखण्डका पिठाधिश्वर जगतगुरु शकंराचार्य, माधव वाश्रमजी, महाराष्ट्र अन्तर्राष्ट्रिय व्यास आचार्य, स्वामी दिनदयाल महाराज लगायतले पछिल्लो समयमा मन्दिरको दर्शन गरेका छन भने प्राचिन कालमा भारतीय ऋषिमुनिहरु कैलाशमान सरोवर दर्शन गर्न जादा यस मन्दिरमा पुजा अर्चना गरेर त्यसतर्फ प्रस्थान गर्ने गरेको स्कन्दपुराणमा समेत उल्लेख गरिएको छ ।