भुरीगाउँ, बर्दिया : वाटरएड नेपालको अर्थिक सहयोग तथा नेपाल प्रजनन् स्याहार केन्द्र (एनएफसीसी) तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल (एनएफडी–एन)को प्राविधिक सहयोगमा बेस संस्थाद्वारा बर्दिया जिल्लामा सञ्चालित विद्यालय खानेपानी सरसफाई तथा स्वच्छता प्रणाली आधारभुत घटक (तत्व) तथा अवरोध विश्लेषण सम्बन्धि कार्यशाला कार्यक्रम ठाकुरबाबा नगरपालिकामा सम्पन्न भएको छ ।
विद्यालय खानेपानी, सरसफाई तथा स्वच्छता प्रणालीको आधारभुत घटक (तत्व) तथा अवरोध विश्लेषण गर्नुको साथै अवरोधको पहिचान गरि अवरोध हटाउने कार्यको योजना तयार गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रमको प्रमुख अतिथि प्रमुख प्रशासकिय अधिकृत रामहरी रिजालले विद्यालय स्तरमा खानेपानी सरसफाइ तथा स्वच्छता प्रणालीलाई सुधार गरेर लैजानु बताउनु भयो । समाजिक पक्षमा काम गर्नका लागि थुप्रै अधिकार दिइएको तर अधिकार कार्यन्वयन गर्न तिन वटै तहका सरकारले बनाउनु पर्ने नियम, कानुनहरु नबनाएको कारण काम गर्न असहज हुने गरेको बताउनु भएको छ ।
विद्यालयको खानेपानी सरसफाइ र स्वच्छता सम्बन्धी नीति बनाएर अगाडी बढ्ने ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशाकिय रामहरि रिजालले बताउनुभयो । विद्यालयको थप सुधारका लागि बिशेष गरि खानेपानी सरसफाइ र स्वच्छताका बुदाँहरुलाई एकिकृत योजना बनाएर लैजानु पर्ने बताउनुभयो ।
बेस बर्दियाका अध्यक्ष विष्णु थारुल विद्यालयमा समावेशी तथा पहुँचयुक्त खानेपानी सरसफाइ तथा स्वच्छता सुविधा उपलब्ध गराई अपाङ्गगता भएका बालबालिकाहरु, किशोरीहरुको पहुँच बृद्धि गरि सिकाईको वाताबरणको सृजना गर्दै दिगो विकास गर्ने उदेश्यले कार्यक्रम सञ्चालन गरिएको बताउनु भयो ।
जनचाहाना आधारभुत विद्यालयका प्रधानाध्यापक यज्ञ प्रसाद नेपालले १ तारा पूरा गरेका विद्यालयलाई अनुगमन र अनुमोदन गर्ने तथा अन्य विद्यालयको पनि अनुगमन गरि सुधारका लागि पोत्साहन तथा सहयोग गर्नुपर्ने बताउनुभयो ।
कार्यविधिमा विद्यालयको खानेपानी सरसफाइ र स्वच्छताको उपलब्धतालाई मुल्यांङ्कन गरी स्तरीकरण गर्नका लागि सूचक तोकिएको छ । जसमा न्यूनतम सेवा सुविधा भएको विद्यालयलाई एक तारामा राखिएको छ भने विद्यार्थी संख्याको आधारमा तोकिएको मापदण्ड अनुसार उपलब्ध भएको सेवा सुविधालाई तिन तारामा राखिएको छ ।
वाटरएड नेपालको आर्थिक सहयोगमा बेस संस्थाद्वारा बर्दिया जिल्लामा वास गेन्स परियोजना सञ्चालन गरेको छ । परियोजनाले विद्यालयलाई एक दुई गर्दै तिन तारा स्तरको विद्यालय बनाउनका लागि आवश्यक आर्थिक, प्राविधिक, भौतिक सहयोग गर्न लागेको हो । तिन ताराको स्तरमा विद्यालय बनाउनका लागि के कस्ता समस्या बाधा अड्चन रहेका छन् भन्ने पत्ता लगाउन गोष्ठिको आयोजना गरीएको कार्यक्रम संयोजक जगदिश चौधरीले बताए ।
यस अघि विद्यालयका शिक्षक, विद्यार्थी र सरोकारवालाहरूसँग विद्यालयलाई खानेपानी सरसफाइ र स्वच्छताको क्षेत्रमा अब्बल बनाउनका लागि के कस्ता बाधा अड्चनहरूको छन् भने बेसलाइन सर्वे गरिएको थियो । बेसलाइन सर्वेमा धेरै बाधा अड्चनहरू देखा परेपछि नगरपालिका र सरोकारवालाहरुको सहभागितामा कार्यशालाको आयोजना गरीएको चौधरीले बताउनुभयो ।
वास गेन्स परियोजना ठाकुरबाबा नगरपालिकाका ५ वटा विद्यालय शाहिपुरको शारदा आधारभुत विद्यालय, डुम्रेनीको जनचाहाना आधारभुत विद्यालय, कर्मलाको नेपाल राष्ट्रिय माध्यामिक विद्यालय, नेउलापुरको सरस्वती आधारभुत विद्यालय र जनता आधारभुत विद्यालय तुल्सीपुरमा लागु गरीएको छ । बर्दियाको ठकुरबाबा नगरपालिका, गुलारिया नगरपालिका, बारबर्दिया नगरपालिका, मधुवन नगरपालिका र गेरुवा गाउँपालिकाका ३३ वटा विद्यालयमा परियोजना सञ्चालन छ ।
बेस बर्दियाका अध्यक्ष विष्णु थारुको अध्यक्षता तथा ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालको प्रमुख आथित्ययतामा सम्पन्न भएको कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका शिक्षा शाखा प्रमुख सिताकुमारी भण्डारी, ठाकुरबाबा नगरपालिकाका शिक्षा सुपरिवेक्षेक नन्दराम अधिकारी तथा नवराज ढुङगाना, स्वास्थ्य शाखा प्रमुख, ठाकुरबाबा नगरपालिका विभिन्न शाखाका प्रमुख तथा कर्मचारी, विभिन्न विद्यालयका प्रधानध्यापक, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थीती रहेको थियो ।