onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

ठाकुरबाबा : जनज्योति माध्यमिक विद्यालयमा विद्यार्थीसँग जनप्रतिनिधि

Sambad ADD long

भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिका–६ मा रहेको जनज्योति माध्यमिक विद्यालयमा विद्यार्थीसँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन गरिएको छ । जनज्योति माध्यमिक विद्यालयका कक्षा ८ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरूसँग उनीहरूका समस्याहरू बुझ्नका लागि छलफल मूलक कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रम मार्फत ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्साल, उपप्रमुख बिनाकुमारी भट्टराई, शिक्षा शाखा प्रमुख सिताकुमारी भण्डारी, शिक्षा सुपरिवेक्षकद्वय नन्दराम अधिकारी र नवराज ढुङ्गाना, इलाका प्रहरी कार्यालय बगनाहा, भुरीगाउँका प्रहरी निरीक्षक नवराज शाही लगायतले विद्यालयमा भएका समस्याहरूको विषयमा जानकारी लिनु भएको छ । विद्यार्थीहरूले आफ्नो विद्यालयमा भएका समस्याहरू जनप्रतिनिधि समक्ष प्रस्तुत गरेका छन् । जिज्ञासाहरुको समाधान गर्ने विषयमा जन प्रतिनिधिहरूले प्रस्ट पार्नु भएको छ ।

ठाकुरबाबा नगरपालिकाले सबैभन्दा बढी शिक्षामा लगानी गरेको तर लगानी अनुसारको प्रतिफल अझै प्राप्त भई नसकेको नगर प्रमुख लम्सालले बताउनुभयो । शिक्षा सुधार गर्ने उद्देश्यले नगरपालिका मेहनतका साथ लागि परेको लम्सालले बताउनुभयो । विद्यार्थीहरूसँगको छलफल तथा समस्याहरूको जानकारी लिँदै नगर प्रमुख लम्सालले विद्यार्थीहरूको सबैभन्दा ठुलो गहना अनुशासन भएकाले विद्यार्थीहरूलाई अनुशासनको निरन्तर पालना गर्न आग्रह गर्नुभयो ।

यस्तै नगर उपप्रमुख बिना कुमारी भट्टराईले अब हरेक शुक्रवार विद्यालयहरूमा विद्यार्थीहरूसँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । इलाका प्रहरी कार्यालय बगनाहाका प्रहरी निरीक्षक नवराज शाहीले पछिल्लो समय विद्यार्थीहरू लागु औषधको दुर्व्यसनीमा फसी रहेकोले विद्यार्थीहरूलाई लागु औषधको विषयमा जानकारी गराउनुभएको छ ।

Leave A Reply

Your email address will not be published.