onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

ठाकुरबाबा : सडकमा रहेका सामाग्रीहरु हटाउन आग्रह, नहटाए कानुन अनुुसार कारबाही गरिने

Sambad ADD long

भुरीगाउँ, बर्दिया : सडक क्षेत्र वरपर रहेका सामाग्रीहरु हटाउनका लागि ठाकुरबाबा नगरपालिकाले ३ दिने सूचना जारी गरेको छ । नगरपालिका भित्रका भुरीगाउँ, ठाकुरद्वारा, बगनाहा, शाहिपुर र बकुवा लगायतका मुख्य बजारहरुलाई व्यवस्थित बनाउनका लागि नगरपालिकाले सूचना प्रकाशन गरेको हो ।

बजारको सौन्दर्यता र गरिमा बढाउनुका साथै दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले सडक छेउका सामाग्रीहरु माघ १५ गते सोमबारसम्म हटाउन नगरपालिकाले आग्रह गरेको हो । यसैगरी सूचनालाई वेवास्ता गरि प्रतिकुल कार्यहरु गरेको पाइएमा कानुन अनुसार कारबाही गरिने समेत नगरपालिका प्रशासनले जनाएको छ ।

बजारक्षेत्रमा सडकको दाँयाबाँया किनारमा राखिएका फ्रेस हाउस, हार्डवेयर तथा फेन्सीका सामाग्रीहरु, भर्‍याङ्ग लगायतका निर्माण सामाग्रीहरुका कारण बजारको सौन्दर्यता बिग्रने र दुर्घटनाको जोखिम समेत रहेकाले सो को व्यवस्थापन गर्नका लागि सूचना जारी गरिएको प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालले बताउनुभयो । सूचनामा भुरीगाउँ लगायत बजारक्षेत्रमा सञ्चालित अटो रिक्सा र ई-रिक्सालाई व्यवस्थित गर्नका लागि नगरपालिकाले उपलब्ध गराएको स्थानमा मात्र पार्किङ गरि व्यवस्थित रुपले सञ्चालन गर्न समेत आग्रह गरिएको छ ।

यसैगरी जथाभावी बजारमा फोहोरहरु फाल्दा बजारको शोभा बिग्रने, विभिन्न रोगको जोखिम बढ्ने भएकाले आ–आफ्नो पसलबाट उत्पादन हुने फोहोरलाई व्यवस्थित रुपमा राखी नगरपालिकाबाट फोहोर संकलनका लागि आउने ट्याक्टरमा राखीदिन र फोहोर र प्लाष्टिकहरुलाई जलाउने काम तल्काल बन्द गर्न नगरपालिकाले सम्पूर्णमा आग्रह गरेको छ ।

Leave A Reply

Your email address will not be published.