onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

बर्दियामा प्रहरी कार्यालयहरूको पुनः निर्माण सकियो

Sambad ADD long

बर्दिया : बर्दियामा तत्कालीन माओवादी विद्रोहीले ध्वस्त पारेका प्रहरी कार्यालयहरूको पुनः निर्माण सकिएको छ । द्वन्द्वकालमा ध्वस्त पारिएको बर्दिया भुरीगाउँ स्थित इलाका प्रहरी कार्यालय बगनाहाको झन्डै २२ वर्ष पछि पुनः निर्माण गरिएसँगै माओवादी विद्रोहले निशाना बनाएका प्रहरी कार्यालय पुनः निर्माण सकिएको हो ।

द्वन्द्वकालमै ध्वस्त पारिएका संरचना पुनः निर्माणमा यतिका समय लाग्दा अन्य धेरै ठाउँमा बनाउनुपर्ने प्रहरी कार्यालय बन्न सकिरहेको छैन । अझै धेरै ठाउँमा घर बनाउन बाँकी छ रहेको बताउँदै बर्दिया प्रहरी प्रमुख, प्रहरी उपरीक्षक सुधीरराज शाहीले बेहाल अवस्थामा रहेका प्रहरी चौकीहरूको निर्माणका लागि बर्दिया प्रहरीले प्रस्ताव पठाएको बताउनुभयो । प्रहरी उपरीक्षक शाहीका अनुसार, बर्दियामा जग्गा नभएका प्रहरी युनिटसँगै जग्गा भएर पनि भवन नभएका युनिटहरू रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयमा चार वटा नयाँ भवन बन्दैछ भने इलाका प्रहरी कार्यालय जयनगरमा भवन बनिरहेको छ । प्रहरी उपरीक्षक शाहीका अनुसार थप चार वटा युनिट बनाउन अत्यन्तै जरुरी रहेको छ ।  इलाका प्रहरी कार्यालय मथुरा, जमुनी, प्रहरी चौकी जमुनी लगायतका प्रहरीहरू पुराना घरहरूमा बसेकाले बर्सातमा निकै बेहाल हुने गरेको छ ।

Leave A Reply

Your email address will not be published.