onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

बर्दियाबाट काठमाण्डौ जाँदै गरेको बस दाङमा दुर्घटना, दुई जनाको मृत्यु

Sambad ADD long

दाङ : दाङको देउखुरीमा आइतबार राति बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा बर्दियाको गेरुवा गाउँपालिका–१, का ३६ वर्षीय भीमनाथ योगी र मधुवन नगरपालिकाका–२, अमरपुरका ३२ वर्षीय युवराज चौधरी रहेका छन् ।

बर्दियाबाट काठमाण्डौका लागि छुटेको प्रदेश ३–०१००५ ख ९७१९ नम्बरको बस दाङको लमही नगरपालिकाको रिहार नजिकै दुर्घटना भएको हो । बसमा रहेका अरु यात्रुको अवस्थामा सामान्य रहेको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.