onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

स्रोत नखुलेको २ करोड ३० लाख रुपैयाँसहित ४ जना पक्राउ

Sambad ADD long

काठमाण्डौ : राजस्व अनुसन्धान विभागको टोलीले काठमाण्डौको क्षेत्रपाटीबाट स्रोत नखुलेको २ करोड ३० लाख रुपैयाँसहित ४ जनालाई पक्राउ गरेको छ ।

व्यापारी नरेश अग्रवालको घरमा राजस्व अनुसन्धान विभागले छापा मारेपछि रकम फेला परेको विभागका महानिर्देशक नवराज ढुङ्गानाले जानकारी दिनुभयो । पक्राउ पर्नेमा अग्रवाल र उनका ३ जना सहयोगी रहेका विभागले जनाएको छ ।

बरामद गरेको रकम हुन्डी कारोबारको हुनसक्ने अनुमान गरिएको छ । पक्राउ परेकाहरूविरुद्ध थप अनुसन्धानका लागि हिरासतमा राख्न आजै अदालतबाट म्याद लिने विभागको तयारी रहेको विभागका महानिर्देशक ढुङ्गानाले बताउनु भयो । उज्यालोबाट साभार

Leave A Reply

Your email address will not be published.