onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

शिक्षकका पनि शिक्षकः कृष्णप्रसाद पौड्याल

Sambad ADD long

स्कुलमा छँदा हामीले पढ्यौँ, न्याय नपाए गोर्खा जानू । त्यस वेला मेरो मनमा केही प्रश्न स्वउत्तरित रहे । आँखामा पट्टी बाँधेर सबै छोराछोरीलाई समान व्यवहार गर्ने आमाबाबु के न्यायाधीश हैनन् र ? सबै विद्यार्थीलाई समान देख्ने गुरुहरू के न्यायाधीश हैनन् र ? मनमा हाम्रो उज्ज्वल भविष्यको कामना गर्दै त्यतातिर उन्मुख गराउन आफूभित्रको ज्ञान निर्लोभी भई बाँड्दै हिँड्ने शिक्षक न्यायाधीश मात्र हैनन्, देवता पनि हुन् । त्यसैले भनिएको हो: आचार्य देओ भव: ।

मैले उनलाई शिक्षकका पनि शिक्षक किन भनेँ भने ती नभएको भए शायद अरू शिक्षक शिक्षक जस्ता नहुन पनि सक्थे । ती नभएको भए त्यति वेलाका विद्यार्थी विद्यार्थी जस्ता नहुन पनि सक्थे । विद्यार्थीले मात्र नभई त्यति वेलाका शिक्षकले पनि उनलाई शिक्षक मानेकाले विद्यालय शिक्षालयजस्तो भयो, रङ्गशाला या कुरुक्षेत्र हुन पाएन ।

आज म त्यस्तै एक जना देवताबारे लेखिरहेको छु जसले जीवनका करिब ३२ वर्ष शिक्षण सेवामा समर्पण गरे । त्यसपछिको सेवा निवृत्त जीवनको कुनै क्षण पनि शैक्षिक योगदानविना गुज्रेको छैन । अठहत्तर वर्षको उमेरसम्म म त बाँचुँला कि नबाँचुँला तर ती वृद्ध शिक्षा प्रेमीको जाँगर र सक्रियता देखेर म अल्छीमा पनि जाँगरिलो हुने जोस पलाएको छ र अरू केही गर्न नसके पनि ती देवतालाई जिउँदैमा इज्जत गर्न सकियो भने यो एक गुरूदक्षिणा हुनेछ भन्ने ठानी केही शब्द लेखिरहेको छु ।

मैले उनलाई शिक्षकका पनि शिक्षक किन भनेँ भने ती नभएको भए शायद अरू शिक्षक शिक्षक जस्ता नहुन पनि सक्थे । ती नभएको भए त्यति वेलाका विद्यार्थी विद्यार्थी जस्ता नहुन पनि सक्थे । विद्यार्थीले मात्र नभई त्यति वेलाका शिक्षकले पनि उनलाई शिक्षक मानेकाले विद्यालय शिक्षालयजस्तो भयो, रङ्गशाला या कुरुक्षेत्र हुन पाएन । एक किसिमको संस्कार, जसलाई हामी स्कुलिङ पनि भन्न सक्छौँ, पाएर चुरेमा पढ्नुको गर्व गरिरहेका छौँ ।

मलाई आज सम्झना आइरहेको छ, ४ कक्षामा पढ्दा बुढानीलकण्ठ स्कुलले जेहनदार विद्यार्थी छान्न राजापुरमा जाँच लिइरहेको वेलामा त्यहाँसम्म पुर्‍याइदिने कोही नहुँदा अवसरबाट वञ्चित भएको महसुस गरी खिन्नता छाएको थियो तर पछि त्यस्ता स्कुलमा पढेकालाई पनि उछिनेर प्रतिस्पर्धा गरी कृषि पढ्ने अवसर दिलाएको त तिनै चूरेका देवताहरूको आर्सीवाद ले नै हो नि । अनि मैले चूरेको विद्यार्थी भएकोमा गर्व नगरी कसरी बस्नु ?

यतिका वर्षसम्म यिनीसँग सिक्नुपर्ने मेले देखेको एउटै कुरा के भने मान्छेले समाजलाई आफ्नो आकर्षणमा राख्न जान्नुपर्छ । नत्र पञ्चायतका पञ्चदेखि गणतन्त्रका मेयरसम्मका लागि उनी किन सम्मानित रहे ? कारण एउटै थियो: उनले आँखामा पट्टी बाँधेर सबैलाई असल हुन शिक्षा दिइरहे, प्रधानाध्यापकका रूपमा न्याय दिइरहे, शैक्षिक मामलामा शिक्षक मात्र भइरहे, सामाजिक हिसाबले शिक्षा प्रेमी मात्र भएर बसे ।

हो, म आज कृष्णप्रसाद पौड्याललाई सम्झिरहेको छु, अर्थात् शिक्षकका पनि शिक्षकलाई । आज पनि उनी विद्यार्थीलाई भेटेपछि भन्छन्, तिमीहरू अरू जेसुकै गर तिम्रो कुरा हो तर संस्कार, सामाजिक सम्बन्ध र सहिष्णुतालाई नबिर्स । एक शैक्षिक न्यायाधीशले आँखामा पट्टी बाँधेर र मन फुकाएर दिने अर्ती यस्तै हुन्छ । मलाई सम्झना छ, हाम्रो भाइबहिनीको पढाइ सम्बन्धी या स्कुलका गतिविधि सम्बन्धी केही निर्णय लिनुपर्‍यो वा बुझ्नुपर्‍यो भने बुवाले भन्नुहुन्थ्यो: कृष्ण मास्साएपलाई सोध्नुपर्छ । बुवाले हाम्राबारे गर्ने धेरै सल्लाह उहाँसँगै हुन्थे । अभिभावक पनि उहाँलाई शिक्षकका पनि शिक्षक मान्थे र त यी कुरा आए ।

यी शिक्षा प्रेमीले स्कुलका लागि के गरेनन् ? आफ्ना छोराहरूको पढाइ जे सुकै होस्, हाम्रो चिन्ता बढी । समग्र स्कुलको नतिजामा बढी ध्यान । यतिका वर्षसम्म यिनीसँग सिक्नुपर्ने मेले देखेको एउटै कुरा के भने मान्छेले समाजलाई आफ्नो आकर्षणमा राख्न जान्नुपर्छ । नत्र पञ्चायतका पञ्चदेखि गणतन्त्रका मेयरसम्मका लागि उनी किन सम्मानित रहे ? कारण एउटै थियो: उनले आँखामा पट्टी बाँधेर सबैलाई असल हुन शिक्षा दिइरहे, प्रधानाध्यापकका रूपमा न्याय दिइरहे, शैक्षिक मामलामा शिक्षक मात्र भइरहे, सामाजिक हिसाबले शिक्षा प्रेमी मात्र भएर बसे ।

स्कुलको प्रधानाध्यापक पनि हुन अरू साथीहरूलाई नै अवसर दिन खोज्दा खोज्दै, इच्छुक नहुँदा नहुँदै आइलागेको जिम्मेवारी रहेछ । काँधमा त्यो जिम्मेवारी बसिसकेपछि निवृत्त नहुँदासम्म बसिरह्यो, स्कुलबाट निवृत्त भए पनि क्याम्पसको जिम्मेवारी आइलाग्यो, सबैको विश्वास र भरोसाका कारण । बर्दियामा शिक्षाको दियालो बोकेर यसरी यति लामो समयसम्म दौडिरहेका यी देवतालाई चढाउने त्यस्तो कुनै पुष्प गुच्छा छैन जसलाई उनका हातमा राखिदिएर उनीप्रति असल श्रद्धा गरिएको महसुस होस् । शिक्षाका निम्ति, दुनियाँका छोराछोरीका महाज्ञानको तेस्रो आँखा खुलाउनका निम्ति आफ्नो परिवार लथालिङ्ग हुँदा, बाबुआमा, श्रीमती, छोरासँग वियोग हुँदा पनि नथाकेर अघिअघि लाग्ने यी अगुवालाई देखेर म जिल्ल परिरहेको छु ।

कृष्णप्रसाद पौड्यालको माध्यमिक स्तरको गणित विषयको विद्यार्थी म । एक पटक पढाएपछि दोहराउनुपर्ने खालको शिक्षणकला । विशेष गरी अलजेब्रा पढाएको त छर्लङ्गै हुने । त्यतिले नपुगेर ३ वर्षसम्म वर्षे बिदाका ४५ दिनसम्म घरमै बोलाएर पूरै ब्याचलाई निःशुल्क पढाएर हामीलाई एसएलसीको नैया पार गराएको गुन कसरी बिर्सनु ?

चुरेलाई कुनै बेला राष्ट्रिय स्तरमा चिनाउने क्षमता राख्ने यी व्यक्तिको महानता पनि यही हो कि त्यो सबको जस उनी त्यति बेलाका विद्यार्थी, अभिभावक र शिक्षकलाई दिन्छन् । यस्ता मान्छे समाजमा बिरलै जन्मिन्छन् र बिरलै समाजले यस्ता मान्छेलाई चिन्छ । जसले चिन्छ, उसले भेट्छ साक्षात् देवता । भन्नुहोला एउटा व्यक्तिलाई देवत्व करण गरेको भनेर । मैले माथि नै भनिसकेँ, आचार्य देओ भव: । आचार्य (अर्थात् शिक्षक) टाइटल या पोजिसनले हुँदैन । प्रत्येक आचार्यले समीक्षा गर्दा उसबाट शिक्षार्थीले र समाजले केही अमीट छाप छोड्ने खालको आचार, संस्कार र व्यवहार पाएको छ भने त्यो मात्र देव तुल्य आचार्य हुन्छ, मेरा शिक्षकहरू त्यही कोटीमा पर्छन् ।

मैले १० देखि ४ बजेसम्मका तलबी पेशेवर शिक्षकहरू हजारौँ देखेको छु जो तलब थाप्छन् र परिवार पाल्छन् । समाजलाई सही आचार सिकाउने आचार्यहरू मैले चूरेमै भेटेँ र अनुगृहीत भएँ। ती मध्येका कृष्णप्रसाद अर्थात् बगनाहा र भुरीगाउँका ग्वालाहरूका बिचमा प्रकट भएका कृष्ण जसले गीताको भावना हामीमा छरे, समाजसेवाको अमीट छाप छोडे र प्राज्ञिक तथा बौद्धिक युद्धमा कैयौँ अर्जुनहरूलाई सफलतासाथ उतारे । यस अर्थमा उनी हाम्रा द्रोणाचार्य पनि हुन् । देवयुगमा द्रोणाचार्यबाट एउटै शिक्षा लिएका कोही दुर्योधन त कोही युधिष्ठिर हुन्छन् भने….. हाम्रो के कुरा ?

कृष्णप्रसाद पौड्यालको माध्यमिक स्तरको गणित विषयको विद्यार्थी म । एक पटक पढाएपछि दोहराउनु नपर्ने खालको शिक्षणकला । विशेष गरी अलजेब्रा पढाएको त छर्लङ्गै हुने । त्यतिले नपुगेर ३ वर्षसम्म वर्षे बिदाका ४५ दिनसम्म घरमै बोलाएर पूरै ब्याचलाई निःशुल्क पढाएर हामीलाई एसएलसीको नैया पार गराएको गुन कसरी बिर्सनु ? त्यसमाथि १० कक्षामा १ वर्ष त स्कुलकै एउटा कोठा छात्रावासको रूपमा उपलब्ध गराएर मेरो बिग्रन लागेको पढाइ सपारेको जस पनि तिनलाई जान्छ । सबैले आफूलाई तिनकै छोराछोरी झैँ पक्कै महसुस गरे होलान् । हाम्रा भाइबहिनीले चाहिँ उनलाई असल अभिभावकको रूपमा पाएका थियौँ ।

स्कुलबाट टाढिएको धेरै वर्षपछि मैले अस्ट्रेलियामा उच्चशिक्षा लिने क्रममा स्कुलले स्तरोन्नतिका लागि महायज्ञ लगाउँदै थियो । मैले रकम दानका लागि उहाँसँग कुरा गर्दाको क्षण पनि सम्झन्छु । मेरा केही प्रश्नको जवाफ दिनुअघि उहाँले बडो मिजासिलो पाराले मलाई मेरो व्यक्तिगत उन्नति र प्रगतिका लागि शुभकामना दिनुभयो र भन्नुभयो, “हामीलाई हाम्रा विद्यार्थीले यसरी सम्झे मात्र भने पनि गर्व लाग्छ । तिमीहरू कहाँ छौ र के गरिरहेका छौ भन्ने कुरा हाम्रालागि सदैव चासोको विषय हुन्छ । तिमीहरूलाई हामीले काँचो माटोलाई थम्मर थुम्मर पारेर करुवा, गाग्रो या यस्तै कुनै आकारमा पठाएका हुन्छौँ, तर जब तिमीहरू हाम्रा अगाडि यसरी सोच्दै नसोचेको तर चाहना गरेको साइजमा प्रस्तुत हुन्छौ, अनि हाम्रो छाती गर्वले फुल्छ र लाग्छ केही त गरिएको रहेछ ।”

मलाई हेडसरको कुरा सुनेर स्कुलबाट बिदाइ हुँदाको क्षण स्मरण भयो, आजभन्दा ३४ वर्ष अघिको त्यो बोली र ती शब्द पनि यस्तै यस्तै थिए, मिल्दा जुल्दा । मैले आफैसँग प्रश्न गरेँ, छिनछिनमा बोली र व्यवहार फेर्न खप्पिस हाम्रो समाजमा सदा एउटै बोली र एउटै व्यवहार भएका यी असल व्यक्ति कता बाट बहँदै बबईको किनार भेट्न आइपुगे होलान् ?

सर, अक्सर मान्छेहरू जीवनको कुनै मोडमा पुगेपछि वा गन्तव्य भेटेपछि प्रायः थाक्छन्, गल्छन् वा भारी बिसाउन चाहन्छन् तर मैले तपाईँलाई मानेँ किन कि तपाईँ आजपर्यन्त हामीलाई शिक्षा दिँदै हुनुहुन्छ । मेरो भाग्य हो म ३४ वर्ष पछि पनि तपाईँबाट धेरै कुरा सिकिरहेको छु । तर पनि म मा एउटा प्रश्नले बेला बेला चिमोटिरहन्छ, के कोही शिष्य तपाईँ जस्तो आदर्श पुरुष बन्न सक्ला ? म तपाईँलाई यस मामिलामा सलाम गर्छु कि तपाईँ चुरेमा छिरेदेखि त्यसको अभिभावक हुनुहुन्छ, एउटा कुशल गार्जेन । यो मेरो प्रस्ताव हो: उहाँलाई हामी हृदयदेखि नै चुरेका अभिभावकको रूपमा सम्मान गरौँ र उपाधि दिऊँ, चुरेका पिता अर्थात् फादर अफ चुरे ।

विक्रम संवत् २०४२ सालतिर माध्यमिक विद्यालयका शिक्षकको तलब ७००/- रुपैयाँ थियो । राजा वीरेन्द्रले उनको जन्मोत्सवको दिन पारेर १००/- रुपैयाँ तलब बढाइदिँदा ८००/- भएको थियो । हेडमास्टरको तलब १००/- रुपैयाँले बढी हुन्थ्यो कि खै ? नत्र भने खासै आम्दानी थिएन । परिवारमा बढिरहेका सन्तानले खर्च बढाइरहेको थियो । यस अर्थमा पञ्चायत कालभरि शैक्षिक आम्दानीबाट केही बच्यो होला जस्तो लाग्दैन । आम्दानीकै हिसाब गर्ने हो भने २८ सालदेखि ४६ सालसम्मको आम्दानी १ लाख पनि नाघ्दैन । त्यसपछिका कमाइ पनि हिसाबमै आउँछ । भनेपछि महायज्ञमा उहाँले त्यो भन्दा ठुलो रकम त्यही स्कुललाई नै दान गरेर फिर्ता गरिदिनुभयो । यस मानेमा के प्रस्ट हुन्छ भने उहाँले शिक्षक जीवनको लामो समय निःशुल्क पढाउनुभयो, निःशुल्क सेवा गर्नुभयो, निःशुल्क कक्षा त कति कति ।

विद्यार्थीका ५ लक्षण मध्ये गृह त्याग पनि एक हो भन्ने कुरा बुवाले घरमा श्लोक हालेर अर्थ्याउनु हुन्थ्यो । सँगै बसेर घरमा पढ्ने दिदी पनि कलेजतिर लागेकाले मलाई घरमा आत्मविश्वास घट्न थाल्यो । यी सबै कारणले म स्कुलमै बसेर पढ्ने सोचले हेडसरसँग कोठा मागेँ । एक जना साथीसँग मिलेर बस्यो भने छलफल गरेर पढ्न पाइन्छ, राम्रो हुन्छ भन्नु भो ।

विक्रम संवत् २०४५ सालतिरको कुरा हो हामी तीन जना (म, दिनेश श्रेष्ठ र मणिराम पौडेल) जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगितामा प्रथम भएर फर्कियौँ । यो सुसमाचार खासै ठुलो नभए पनि हामी केटाकेटीका लागि भने माने राख्थ्यो । हामीले १,५००/- रुपैयाँ हो कि जस्तो लाग्छ पुरस्कार पाएका थियौँ, वास्तवमा त्यो पुरस्कार चुरे स्कुलले पाएको थियो । हामी साह्रै सोझा थियौँ । हेडसरका अगाडि उभिएर भन्यौँ, सर हामीले जित्यौं, पुरस्कार पनि छ । यो रकम स्कुलले राख्ने हो कि के गर्ने ? उहाँले तिनै जनाको पिठ्यूँमा धाप मार्नुभयो र भन्नु भयो: “लाटा हो, तिमीहरूले स्कुलको नाम राख्यौ । उल्टो स्कुलले पनि केही प्रोत्साहन दिनुपर्ने, स्कुलमा पैसा छैन । तर मेरो तर्फबाट लौ ५००/- रुपैयाँ तीन जना मिलेर बाँड्नू ।” हामीले पर्दैन भन्दा पनि सुख पाएनौँ । त्यति बेला त्यो रकमको ठुलो महत्त्व थियो ।

पढ्नको लागि मेरो घरमा राम्रो वातावरण थियो, पढाइको महत्त्व बुझेको परिवार । तर पनि १० कक्षामा घरमा बसेर पढ्न मन लागेन । साथी दिनेशको सङ्गत पनि मलाई चाहिने किनभने विषयपिच्छे हाम्रो छुट्टै दक्खल थियो कुनैमा उनी बढी जान्ने कुनैमा म । उनी स्कुल नजिकै आफन्तको घरमा बस्थे । शङ्कर खनाल थियो, साथी तर भतिजो पर्ने । घरबाट कहिले भोगटे त कहिले आरु, कहिले गोरखपान त कहिले मेवा लिएर सिधै मलाई दिन्थ्यो र भन्थ्यो, “अङ्कल तपाईँले पढाइमा राम्रो गर्नुपर्छ ।” उ पनि राम्रै पर्थ्यो तर कुन्नि किन हो उसलाई मेरो चासो बढी हुन्थ्यो । शायद घरमा चर्चा चल्थ्यो होला ।

विद्यार्थीका ५ लक्षण मध्ये गृह त्याग पनि एक हो भन्ने कुरा बुवाले घरमा श्लोक हालेर अर्थ्याउनु हुन्थ्यो । सँगै बसेर घरमा पढ्ने दिदी पनि कलेजतिर लागेकाले मलाई घरमा आत्मविश्वास घट्न थाल्यो । यी सबै कारणले म स्कुलमै बसेर पढ्ने सोचले हेडसरसँग कोठा मागेँ । एक जना साथीसँग मिलेर बस्यो भने छलफल गरेर पढ्न पाइन्छ, राम्रो हुन्छ भन्नु भो । तेलपानीतिरका साथीहरूले भरिने त्यो छात्रावासको यौटा कोठा हामीले पनि पायौँ र चक्रजी (चक्रबहादुर शाही) सँग १ वर्ष बसेँ । त्यस पछि बाहिरको बाहिरै भइयो । हेडसर म पढ्छु भन्नेका लागि जे पनि गर्न तयार हुनुहुन्थ्यो भन्ने प्रसङ्गमा यी कुराहरू आए ।

उहाँले भन्नुभयो, “छात्रवृत्तिबाट प्राप्त रकमबाट के कति बचाउन सकिन्छ त्यो त मलाई थाहा छैन, तर तिमीले स्कुललाई याद गर्‍यौ र तिमीले जे पायौ, त्यो स्कुलले पनि पायो । पढाइ र बसाइमै असर पुग्ने गरी केही नगर्नू । तिमीले तिम्रा नाममा भगवानलाई पुष्प गुच्छा मात्र चढाइदे भन्छौ भने पनि म त्यो गरूला । तिमी जति सक्छौँ, त्यति मात्र गर तिम्रो स्कुल कृत्याकृत्य हुनेछ ।”

महायज्ञका बेला मैले पनि हेडसरसँग भनेँ, सर म धनकुबेर त होइन तर स्कुलले हात थापिरहेको यो पवित्र मौकामा म पनि सहयोगका हात फैलाउन चाहन्छु । उहाँ प्रफुल्ल हुनुभयो र सहयोग दिन सकिने अनेक विकल्पहरू देखाउनु भयो । मेरो व्यक्तिगत जीवन नहुँदो हो त आफैलाई रित्याइदिन्थेँ जस्तो लाग्यो । हेडसरले आफै उदाहरण बनेर गरेको रकम दानका अगाडि मेरो रकम त केही पनि होइन जस्तो लाग्यो । सरलाई नै सोधे, म नेपाल सरकारको कर्मचारी त हो तर म अहिले विद्यार्थी पनि हो । मैले अष्ट्रेलिया सरकारबाट प्राप्त पिएचडिको छात्रवृत्तिबाट खर्च भई बचेको केही रकम मेरो प्यारो स्कुललाई दिन चाहेको कुरा व्यक्त गरेँ ।

उहाँले भन्नुभयो, “छात्रवृत्तिबाट प्राप्त रकमबाट के कति बचाउन सकिन्छ त्यो त मलाई थाहा छैन, तर तिमीले स्कुललाई याद गर्‍यौ र तिमीले जे पायौ, त्यो स्कुलले पनि पायो । पढाइ र बसाइमै असर पुग्ने गरी केही नगर्नू । तिमीले तिम्रा नाममा भगवानलाई पुष्प गुच्छा मात्र चढाइदे भन्छौ भने पनि म त्यो गरूला । तिमी जति सक्छौँ, त्यति मात्र गर तिम्रो स्कुल कृत्याकृत्य हुनेछ ।” मैले फेरि पनि यी वाक्यमा अभिभावकत्वको राग भेटाएँ । मैले अहिलेलाई म र मेरी श्रीमती सुषमाको तर्फबाट ५० हजार रुपैयाँ दिने कबोल गरेँ । श्रीमती यस कारणले जोडिइन् कि उनले काम गरेर नकमाएको भए शायद यो पैसा जोगिँदैनथ्यो होला । उनको साथ, समर्पण र हौसलाले म अल्छीका लागि त्यहाँ पुग्न धेरै ठुलो भूमिका खेलेको थियो । रकम थोरै हुन्छ कि भन्ने ग्लानि म मा थियो किनभने बढ्दो महँगीमा त्यसले के हुन्थ्यो ?

तर पनि थोपा थोपा मिलेर समुद्र बन्छ भन्ने उक्ति सम्झेँ र भनेँ, आफ्नो स्कुललाई सक्यो भने जहिले जति दिए पनि हुन्छ सर, अहिले यो पवित्र मौकामा यो रकम चुरेले स्वीकार गरोस् । उहाँले तिमीलाई सम्मान गर्नुपर्ने बाबु भन्नुभयो । मैले व्यक्तिगत रूपमा सम्मानित हुन लायक कुनै काम नगरेको कुरा गरेँ । उहाँले सम्झाउनु भयो । हेर तिमीलाई सम्मान चाहिँदैन म मान्छु तर तिमी छात्रछात्राहरूले फर्केर आफ्नो स्कुललाई आदरपूर्वक हेर्‍यौँ भने के स्कुलले पिठ्यूँ फर्किने ? तिम्रा हितैषी हामी छौँ, समाज छ, तिमीलाई पढाउने आमाबुवा हुनुहुन्छ, सबले के भन्लान् ? लोकलाजको पनि त केही अर्थ हुन्छ नि, हैन र ?

मैले अनुरोध गरेँ, त्यसो भए मलाई पढाउन र योग्य विद्यार्थी बनाउन, तपाईँ सरहरू, त्यो स्कुल र मेरो बुवा-आमाले बराबर बोझ उठाएको हुँदा यी तीन पात्रलाई सम्मानित गरिदिनुभयो भने म आफूलाई भाग्यमानी सम्झने छु । उहाँले मेरो बुवा-आमालाई आफै गएर भेटेर लिएर आएर सम्मान गर्ने इच्छा गर्नुभयो । मैले यी बुढ्यौलीले छोएका तर मनका तन्नेरी अभिभावकलाई नाइँ भन्न सकिन । तर उहाँ अहिले चिन्तित हुनुहुन्छ । यो चिन्ता बुढ्यौलीमा एक्लो भएकोले हैन, समाजबाट केही पाइएन भनेर हैन, कोही कृतघ्न बनेर उपहास गर्छ भनेर पनि हैन । उहाँको चिन्ता छ: स्कुलको गति गतिहीन हुन थालेकोमा, उहाँको सपनामा निर्मित एउटा संस्कारी स्कुलबाट संस्कार हराउँदै गएकोमा र स्कुलका उत्पादनले कतै सामाजिक संस्कार, सम्बन्ध र सहिष्णुता लत्त्याउँदै जाने हुन् कि भन्नेमा ।

उहाँले पढाएका विद्यार्थीको कैबरमा अहिले त्यो स्कुल छ (त्यसैले त भनेको शिक्षकहरूका शिक्षक) र यस्ता देवतुल्य आचार्यले माली बनेर गोडमेल गरेर जोगाएको त्यो चुरेको बगैँचालाई अबका मालीले झन् उन्नत र उत्पादनशील बनाउन् भन्ने मेरो पनि कामना छ। अहिलेका शिक्षकहरूका पनि शिक्षकले गरेको सतर्कता र सजगताको आग्रहलाई शिरोधार्य गर्दा राम्रै हुन्छ । कृष्ण सर अर्थात् हेड सर, तपाईँको त्याग, समर्पण र साधनाको सिन्धुमा डुबुल्की मारेर पवित्र भएका हजारौँ शिक्षार्थीहरूको तर्फबाट रङ्गहीन, गन्धहीन र स्वादहीन मेरा यी भावनाका पुष्पाञ्जली अर्पण गर्दै देवतुल्य आचार्यको प्रदक्षिणा गर्ने अवसर छिटै मिलेको भए मनमनै यो मञ्च जप्ने थिए:

यानिकानि च पापानि जन्मान्तर कृतानि च
तानितानि प्रदक्ष्यन्तु प्रदक्षिणाम् पदेपदे ।

Leave A Reply

Your email address will not be published.