भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिका–८ का निवर्तमान वडा अध्यक्ष निमप्रसाद थारुको निधन भएको छ । विक्रम संवत् २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट ठाकुरबाबा नगरपालिका वडा नम्बर ८ को वडा अध्यक्षमा निर्वाचित हुनुभएका निवर्तमान वडा अध्यक्ष थारुको ४९ वर्षको उमेरमा हृदयाघातका कारण निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।
निवर्तमान वडा अध्यक्ष निम प्रसाद थारुलाई यसअघि पनि हृदयाघात भएपछि मुटुको भल्भको शल्यक्रिया भएको थियो, उहाँलाई शनिवार राति हृदयाघात भएपछि उपचारका लागि अस्पताल लैजाने क्रममा निधन भएको माओवादी केन्द्र ठाकुरबाबा नगर अध्यक्ष नेत्रराज आचार्यले जानकारी दिनुभयो ।
थारु २०४७ सालदेखि मुक्ति मोर्चामा आबद्ध रहँदै नेकपा माओवादीमा रहेका बेला द्वान्दकालमा कुटपिटबाट घाइते भएपछि संकटकालमा विस्थापित भई भारतको गोवा जानू भएको थियो । देश संघिय पुनः संरचनामा भएसँगै पहिलो पटक २०७४ सालको स्थानीय तह निर्वाचनमा ठाकुरबाबा नगरपालिका वडा नम्बर ८ बाट वडा अध्यक्षमा निर्वाचित हुनुभएको थियो । उहाँका पत्नी, २ छोरी, १ छोरा छन् ।
उहाँको निधन प्रति शुभचिन्तकहरूले भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरेका छन् । निवर्तमान वडा अध्यक्ष निमप्रसाद थारुको निधन प्रति रेडियो टाइगर, संवाद एफ.एम. तथा अनलाइन संवाद परिवारको तर्फबाट भावपूर्ण श्रद्दाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गर्दछौँ ।