onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

बढैयातालमा माघी महोत्सवको तयारी पुरा

Sambad ADD long

मैनापोखर, बर्दिया : प्रथम प्रादेशिक बढैयाताल कृषि, पर्यटन, औद्योगिक व्यापार तथा माघी महोत्सव २०८० को सम्पूर्ण तयारी पुरा भएको छ । बढैयाताल उद्योग वाणिज्य सङ्घले आज पत्रकार सम्मेलन गरी महोत्सवको सम्पूर्ण तयारी भएको जनाएको हो । बढैयाताल उद्योग वाणिज्य सङ्घको आयोजना पौष २६ गते बिहीबारदेखि माघ ७ गतेसम्म महोत्सव सञ्चालन हुनेछ ।

महोत्सवले लुकेर रहेका स्थानीय कला तथा संस्कृतिहरूलाई चिनाउने आयोजकले जनाएको छ । महोत्सवमा स्थानीय जातजातिका विभिन्न खानाका प्रकार, धर्म संस्कृति झल्काउने झाँकी प्रदर्शन हुने जनाइएको छ । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने आयोजक संस्था बढैयाताल उद्योग वाणिज्य सङ्घले जनाएको छ ।

बढैयातालको पहिचानको लागि महोत्सव आयोजना गरेको बढैयाताल उद्योग वाणिज्य सङ्घका अध्यक्ष बालकृष्ण लामिछानेले बताउनुभयो । बढैयातालमा लुम्बिनी प्रदेशकै ठुलो दुध उत्पादन डेरी तथा कृषि उत्पादन र ढाका उद्योग रहेको छ । स्थानीय उत्पादनलाई चिनाउने उद्देश्यले महोत्सवको आयोजना गरिएको जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.