onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

ठाकुरबाबा : पेसागत कुक र एकाउन्टेन्टको तालिम सञ्चालन हुँदै

Sambad ADD long

भुरिगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिकाले पेसागत कुक र एकाउन्टेन्टका लागि कार्यगत अभ्यास सहित तह २ को तालिम सञ्चालन गर्ने भएको छ । नगरपालिकाको दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना चरणबाट पेसागत कुक र एकाउन्टेन्टका लागि तालिम सञ्चालन गर्ने भएको नगर उपप्रमुख बिनाकुमारी भट्टराईले जानकारी दिनुभयो ।

नगरपालिकाले पेसागत कुक र एकाउन्टेन्ट तालिमका लागि १० महिना अर्थात् १ हजार ६९६ घण्टाका लागि पेसागत कुक विषयमा २० जना र एकाउन्टेन्ट विषयमा २० जना प्रशिक्षार्थीहरूका लागि भर्ना आव्हान गर्दै सूचना जारी गरेको छ । तालिम अवधिभर प्रशिक्षार्थीहरूलाई खाजा उपलब्ध गराइने नगरपालिकाले जनाएको छ । तालिममा महिला, विशेष अवस्थाका व्यक्ति तथा विपन्न एवं पछाडि पारिएका समूहलाई प्राथमिकता दिइने जनाइएको छ ।  तालिम लिन चाहने इच्छुक व्यक्तिको योग्यताका आधारमा छनोट गरिने छ ।

महिलाको हकमा १८ वर्ष पुरा भई ४० वर्ष ननाघेका र पुरुषको हकमा ३५ वर्ष ननाघेका तथा कक्षा १२ पास भएका नेपाली नागरिकले पेसागत एकाउन्टेन्ट तालिमका लागि दरखास्त दिन सक्नेछन् ।
यसै गरी पेसागत कुक तालिमका लागि सामान्य लेखपढ गरेको हुनुपर्ने, पेसागत कार्य प्रकृतिको आधारमा काम गर्न सक्ने र सम्बन्धित विषयमा पहिले तालिम नलिइएकालाई प्राथमिकता दिइने ठाकुरबाबा नगरपालिका प्रशासनले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

योग्यता पुगेका इच्छुक नागरिकले नगरपालिकाको शिक्षा शाखामा नागरिकताको प्रतिलिपि तथा शैक्षिक योग्यता सम्बन्धी कागजातका प्रतिलिपिसहित आगामी माघ ७ गते सम्ममा दरखास्त दिन सकिने नगरपालिकाबाट प्रकाशित सूचनामा उल्लेख छ ।

हेर्नुहोस् सूचना :

Leave A Reply

Your email address will not be published.