onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

ठाकुरद्वारामा नेचर गाइड तालिम सम्पन्न, स्थानीयस्तरमै पथ प्रदर्शक उत्पादन हुने विश्वास

Sambad ADD long

बर्दिया : ठाकुरबाबा नगरपालिका वडा नम्बर ९ ठाकुरद्वारामा सात दिने नेचर गाइड तालिम आज सम्पन्न भएको छ । लुम्बिनी प्रदेश सरकार उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय, पर्यटन विकास परिषद्को आयोजना तथा राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक सहयोगमा सुरु भएको तालिम आज सम्पन्न भएको हो ।

पर्यापर्यटन विकास प्रवर्धन, प्रकृति पथ प्रदर्शक उत्पादन गर्नुका साथै स्थानीय स्तरमै पर्यटन व्यवसायबाट आर्थिक रूपमा सक्षम बनाउने उद्देश्यका साथ सुरुवात गरिएको तालिममा बर्दिया र बाँकेका गरि ४५ जनाको सहभागिता रहेको राष्ट्रिय प्रकृति संरक्षण कोषका उमेश पौडेलले जानकारी दिनुभयो । प्रकृति संरक्षण संवर्धन, प्रवर्धन गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको उहाँले बताउनुभयो । नेचर गाइड तालिम विभिन्न समयमा सञ्चालन गर्दै प्रकृति पथ प्रदर्शकहरू उत्पादन गरिदै आएको बताइएको छ । ७ दिनको अवधिमा विभिन्न विषयमा प्रकृति पथ प्रदर्शकहरूका लागि प्रकृति तथा पारिस्थितीकीय प्रणालिका अन्य विभिन्न विषयवस्तु सम्बन्धी प्रशिक्षण दिइएको छ ।

नेचर गाइड तालिममा सहभागी हुनु भएका बर्दिया ठाकुरबाबा नगरपालिका ९ का गौरव योगीले नेचर गाइड तालिमले प्रकृतिलाई माया गर्ने पथ प्रदर्शकहरू उत्पादन गर्नमा ठुलो योगदान पुर्‍याउने बताउनुभयो । उहाँले प्रकृति प्रति धेरै लगाव बढ्ने र पथ प्रदर्शक प्रति मोह बढ्ने बताउनुभयो । उहाँले यो कार्यक्रम आगामी दिनमा अनिवार्य रूपमा समय समयमा सञ्चालन गर्नुपर्ने र यसले स्थानीय स्तरमा नै आम्दानीसँगै प्रकृति मात्र नभई संस्कृति समेत जोगाउन मद्‍दत पुग्ने बताउँदै तालिम एकदमै लाभदायक भएको उल्लेख गर्नुभयो ।

बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ प्रमुख संरक्षण अधिकृत डा. अशोक कुमार रामले प्रकृति संरक्षण संवर्धन र प्रवर्धनन गरि नेचर अर्थात् प्रकृतिमा नै रमाउन नेचरलाई नै आय आर्जनसँग जोड्नु पर्ने बताउँदै संरक्षणका विषयमा जोड दिनुपर्ने बताउनुभयो । समापन तथा प्रमाणपत्र वितरण कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य जन्मजय तिमिल्सिनाले प्रकृतिको संरक्षणलाई जोड दिनुपर्ने बताउँदै तालिममा सिकेका अनुभव व्यवहारमा लागु गर्न आग्रह गर्नुभयो ।

यस्तै ठाकुरबाबा नगरपालिकाकी उपप्रमुख बिनाकुमारी भट्टराईले आगामी कार्यकालको शुभकामना व्यक्त गर्दै जैविक विविधता र संस्कृतिलाई पर्यटन व्यवसायसँग जोड्दै आम्दानी गर्नुपर्ने बताउनुभयो । यस्ता अवसरलाई प्राथमिकता दिनुपर्ने बताउँदै नगरपालिकाबाट इन्स्योर परियोजना अन्तर्गत १० महिने कुक तालिम सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो । तालिमको सहजिकरण रविन बहादुर के सि, राम बहादुर शाही र उमेश पौडेलले गर्नुभएको थियो ।

लुम्बिनी प्रदेश सभा सदस्य जन्मजय तिमिल्सिना, ठाकुरबाबा नगरपालिका उप-प्रमुख बिनाकुमारी भट्टराई, बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा. अशोक कुमार राम, लुम्बिनी प्रदेश पर्यटन विकास परिषद्का कार्यकारी अधिकृत रामु जोशी, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख अजित तुम्बाहाङफेको आतिथ्ययता रहेको थियो ।

यसैगरी चोरी सिकार नियन्त्रण युवा परिचालन अभियानका अध्यक्ष हेमन्त प्रसाद आचार्य, पर्यापर्यटन विकास मञ्चका अध्यक्ष कृष्णप्रसाद भट्टराई, बर्दिया प्रकृति संरक्षण क्लबका अध्यक्ष राजन चौधरी, नागाका प्रतिनिधि रामचरण चौधरी, बेस नेपालका कार्यकारी निर्देशक चूर्णप्रसाद चौधरी, हान बर्दिया च्याप्टरका अध्यक्ष मोहन लाल चौधरी लगायतको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.