onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

संरक्षणका लागि मानव-वन्यजन्तु सहअस्तित्व कार्यक्रम

Sambad ADD long

बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिकामा मुख्यालय रहेको बर्दिया राष्ट्रिय निकुञ्ज पश्चिम नेपालकै पर्यटकीय गन्तव्यको रूपमा परिचित छ । पर्यटन व्यवसायको लागि प्रचुर सम्भावना रहेको यस क्षेत्र पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरूको पहिलो रोजाईमा पर्ने गरेको छ ।निकुञ्जमा सजिलैसँग देख्न सकिने पाटेबाघ पर्यटकहरूको लागि आकर्षणको केन्द्र बन्ने गरेको छ ।

पाटेबाघ होस् वा एकसिङे गैँडा, तराईको ९६८ वर्गमिटर समथर फाँटमा फैलिएको बर्दिया राष्ट्रिय निकुञ्जमा देखिने जीवजन्तु र चराचुरुङ्गी सँगै मनै लोभ्याउने प्राकृतिक मनोरम दृश्यले मनै आनन्दित बनाई दिन्छ । प्रकृतिको उपहारले भरिपूर्ण भएसँगै विभिन्न पारिस्थितिकी प्रणालीले बाह्य तथा आन्तरिक पर्यटकहरूको हुल दिनहुँ देख्न सकिन्छ । यसको मुख्य कारण हो वन, वन्यजन्तु र वातावरण । यीनकै संरक्षण संवर्धन र प्रवर्धनका लागि यहाँका विभिन्न निकायहरू लागि परेका छन् । विशेष गरि चोरी सिकार नियन्त्रण युवा परिचालन अभियान सञ्जालको मुख्य भूमिका रहेको छ । प्रकृतिलाई संरक्षण गरि जलवायु परिवर्तन हुनबाट बचाउनका लागि युवाहरू निरन्तर लागि परेका छन ।

यसै गरि मध्यवर्ती समुदाय आसपासका क्षेत्रका बासिन्दाहरूलाई मानव र वन्यजन्तु द्वन्द न्यूनीकरण र सहअस्तित्व कायम गराउने उद्देश्यका साथ राष्ट्रिय प्रकृति संरक्षण कोषले मानव वन्यजन्तु द्वन्द न्यूनीकरण तथा सहअस्तित्व कार्यक्रम सञ्चालन गरेको छ । यही संरक्षण र विकास सम्बन्धी जनचेतना जगाउने र वन्यजन्तु संरक्षण तथा संवर्धन गर्ने उद्देश्यका साथ बर्दिया, बाँके र सुर्खेतका गरि १९ वटा उपभोक्ता समूहका युवाहरूलाई वन्यजन्तु द्वन्द न्यूनीकरण सम्बन्धी तालिम समेत प्रदान गरिएको छ ।

विशेष गरि बर्दिया जिल्लामा हात्ती र बाघले मध्यवर्ती क्षेत्रका समुदायका नागरिकहरूमा क्षति गरेको छ भने वन्यजन्तु र मानवबिच द्वन्द सिर्जना गरिरहेको छ । यही द्वन्दलाई सहअस्तित्वमा परिणत गर्नका लागि १९ जना युवाहरूको समूहले समुदायमा गएर वन जङ्गल जाँदा अपनाउनु पर्ने तरिका, जङ्गली जनावर (बाघ, हात्ती, भालु, गैँडा, बँदेल)ले गरेका क्षतिबाट कसरी छुटकारा पाउन सकिन्छ भन्ने विषयमा समुदायमा जनचेतना फैलाउने काम गरिरहेका छन् । यसमा बर्दिया राष्ट्रिय निकुञ्ज, उपभोक्ता समिति, उप–समिति, बाल क्लबहरूले वातावरण संरक्षणका विषयमा जनचेतना र सन्देश मूलक कार्यहरू गरिरहेका छन । गीत, गजल, नाटक, कविता मार्फत सन्देशमूलक कार्यक्रमले समुदायलाई सचेत गराउने कार्य गर्दै आईरहेका हुन ।

यहाँ विकासका प्रशस्त सम्भावनाहरू रहेका छन । उत्तरमा सुर्खेत, पश्चिममा कैलाली , दक्षिणमा भारत र पूर्वमा बाँके जिल्लाले घेरिएको बर्दियामा कृषि र पर्यटन व्यवसायको मुख्य थलोको रूपमा परिचित छ । बर्दियामा पर्यटकीय सम्भावना बोकेका विभिन्न क्षेत्रहरू रहेका छन । जसमा विश्वमा पाटे बाघको चर्चा परिचर्चा बोकेको समथर मध्य पहाडी सिमसार क्षेत्र रहेको तराई क्षेत्रकै सबैभन्दा ठुलो क्षेत्रफल रहेको बर्दिया राष्ट्रिय निकुञ्ज रहेको छ । यहाँ पर्यटनका हिसाबले हेर्ने हो भने तराई क्षेत्रकै सबैभन्दा ठुलो ९६८ वर्ग किलोमिटर क्षेत्रफल रहेको बर्दिया राष्ट्रिय निकुञ्ज यसै क्षेत्रमा रहेको छ ।

सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा भएको विश्व बाघ सम्मेलनमा १३ वटा बाघ पाइने राष्ट्र प्रमुखहरूको भेलाले सन् २०२२ सम्ममा नेपालले बाघको सङ्ख्या दोब्बर पुर्‍याउने प्रतिबद्धता जनाएको थियो । यसअघि २३५ पाटे बाघ रहेको नेपालमा बाघको सङ्ख्या बढेर ३५५ पुगेको छ । नेपालले सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने प्रतिबद्धता जनाएपनि बाघको सङ्ख्या बढि रहँदा जोखिम पनि बढेको छ । बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या बृद्धि भए सँगै चुनौती पनि थपिएको छ । बर्दियामा बाघको सङ्ख्या बृद्धि भए सँगै पछिल्लो तीन वर्ष यता बाघ आक्रमणका घटना बढ्नुले बाघ र मानव बीच द्वन्द्वको घटना बढ्न थालेपछि चुनौती थपिएको हो ।

बर्दिया निकुञ्ज आसपासका क्षेत्रमा सन् २००९ मा पाटे बाघको सङ्ख्या १८ थियो । त्यसैगरी सन् २०१३ मा ५० वटा, सन् २०१८ मा ८७ वटा हुँदै यो वर्ष गरिएको बाघ गणनामा बाघको सङ्ख्या बढेर बर्दियामा १२५ वटा वयस्क बाघ पुगेको छ । बर्दियामा बाघको सङ्ख्या बढे सँगै बाघ आक्रमणका घटना पनि बढ्दै गएपछि सावधानी अपनाउनु पर्ने भएको छ । बाघको सङ्ख्या बढे सँगै पछिल्लो समय बाघ आक्रमणका घटना पनि बढ्दै गएपछि सावधानी अपनाउनु पर्ने राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका पूर्व प्रमुख डा. रबिन कडरियाले बताउनु भयो ।

बर्दियामा बाघको सङ्ख्या बृद्धि भए सँगै पर्यटन व्यवसायी खुसी भएका छन् भने निकुञ्ज र सामुदायिक वनका हात्ती, चितुवा लगायतका वन्यजन्तुबाट हुने जनधनको क्षति रोक्न विकल्पहरू अपनाएर रोक्ने प्रयास भईरहेका बेला तीन वर्ष यता पाटे बाघले मान्छे मार्न थालेपछि स्थानीयवासीमा थप त्रास बढेको छ । निकुञ्ज, जैविक मार्ग क्षेत्र, राष्ट्रिय वन र मध्यवर्ती सामुदायिक वन क्षेत्र आसपासमा पाटे बाघले मान्छेलाई आक्रमण गर्ने क्रम बढेको हो । बर्दियामा पाटे बाघ आक्रमणका घट्ना बढेपछि सरकारले द्वन्द बढ्न नदिन विशेष कार्यक्रम ल्याउनु पर्ने संरक्षणकर्मीको माग बढे सँगै बाघ र मान बीच सह-अस्तित्वका कार्यक्रम ल्याइएको छ । पाटे बाघ लगायत वन्यजन्तुबाट हुने क्षति कम गर्न दिगो व्यवस्थानका लागि सरकारले वैकल्पिक उपाय खोज्न आवश्यक रहेको बर्दिया राष्ट्रिय निकुञ्जका पूर्व प्रमुख संरक्षण अधिकृत रमेशकुमार थापाले बताउनु भयो ।

बर्दिया निकुञ्जमा वर्षेनी पाटेबाघको सङ्ख्या बढ्दै गएको छ । निकुञ्ज, मध्यवर्ती क्षेत्र र राष्ट्रिय वन आसपासका सामुदायिक वनमा स्थानीयहरू घाँस दाउरा लिन जङ्गल गएका बेला र जङ्गल आसपासका क्षेत्रमा पाटे बाघले मानिसको ज्यान लिने गरेको घट्नाहरू पनि छ । यस्ता घट्नाहरू न्यूनीकरण गर्ने उद्देश्यका साथ राष्ट्रिय प्रकृति संरक्षणले मानव वन्यजन्तु द्वन्द न्यूनीकरण तथा सहअस्तित्वको कार्यक्रम विगत २ वर्ष देखि सञ्चालन गरिरहेको छ । विश्वमा नै जमिनमा बस्ने जनावर मध्ये हात्तीको सङ्ख्यामापनि वृद्धि भएको पाइन्छ । यीनै हात्ती बाघ लगायत अन्य थुप्रै वन्यजन्तुको आकर्षणले गर्दा बर्दिया राष्ट्रिय निकुञ्जमा स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ, र बर्दिया राष्ट्रिय निकुञ्ज आसपासका होटेल व्यवसायी प्रकृति पथप्रदर्शकहरू लगायत व्यवसायी उद्योगीहरूले पर्यटकबाट आम्दानी गरीरहेको देखिन्छ । पछिल्लो समय बर्दिया राष्ट्रिय निकुञ्जमा सजिलै बाघ देख्न पाइन्छ भन्दै देश विदेशबाट पर्यटकहरूको सङ्ख्यामा वृद्धि भएको छ ।

वन्यजन्तु संरक्षणमा विभिन्न चुनौती सँगै सम्भावनाहरू पनि त्यो भन्दा दोब्बर रहेको छ । वन, वन्यजन्तु, जल, जमिन र वातावरण संरक्षणका निम्ति बर्दियामा राष्ट्रिय प्रकृति संरक्षण कोषले मानव वन्यजन्तु बिचको द्वन्दलाई सहअस्तित्वमा परिणत गरि आफू बचौँ र वन्यजन्तुलाई पनि बचाउ र वातावरण संरक्षण गरौँ भन्ने उद्देश्यका साथ व्यवहार परिवर्तनका संवाहकहरूलाई तालिम दिईकोमा प्रभावकारी कार्यान्वयन पनि भएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा २०७८ साल मंसिर महिनामा तालिम प्रदान गरि बर्दिया, बाँके र सुर्खेतका गरि १९ उपभोक्ता समूहका युवाहरूलाई तालिम दिई तिनै जिल्लामा परिचालन गरिएको छ । मध्यवर्ती क्षेत्रका गाउँ समुदायमा विशेष गरि बढी क्षति गरिरहेका वन्यजन्तुका बानी, तथा वन्यजन्तुबाट बच्ने उपाय तथा वन जङ्गल जाँदा अपनाउनु पर्ने तरिका र वातावरणको महत्वका विषयमा जनचेतना जगाउने कक्षा सञ्चालन गरिरहेका छन । यस्तो कार्यक्रमले मानव र वन्यजन्तुको द्वन्दलाई सह-अस्तित्वमा परिणत गरि बन वातावरण तथा वन्यजन्तु र समग्र मानवीय आवश्यकताहरूको परिपूर्ति गर्ने प्रकृतिलाई बचाउने अभियान सहित सुरु गरिएको राष्ट्रिय प्रकृति संरक्षण कोषका पूर्व प्रमुख डा. कडरियाले बताउनुभयो । प्रकृति रहे हामी रहन्छौ, प्रकृतिको विनाश तीव्र रूपमा मानवीय गतिविधिका कारण भइरहेकाले समयमा नै संरक्षणमा जुट्न अति आवश्यक रहेको उहाँको भनाई छ । यतिमात्र नभई प्रत्यक्ष रूपमा जीविकोपार्जन समेत हुने भएकाले बन वातावरण तथा जैविक विविधताको पनि संरक्षण आवश्यक कुरा रहेको डा. कडरियाले बताउनुभयो ।

यस्तै संरक्षण कर्मीहरूलाई लामो समयसम्म अग्रसर बनाउने क्रियाकलापमा सक्रिय भूमिका निर्वाह गरि रहनु भएका राष्ट्रिय प्रकृति संरक्षण कोषका उमेश पौडेलले बन वातावरण तथा जैविक विविधताको संरक्षणमा सबै जना लागि परेको र यसका लागि सबैको साथ सहयोगको आवश्यकता रहेको बताउनुभयो । मानव वन्यजन्तु द्वन्द न्यूनीकरण तथा सहअस्तित्व कार्यक्रमबाट मध्यवर्ती क्षत्रका करिब २४ हजार मानिस लाभान्वित भएका राष्ट्रिय प्रकृति संरक्षणका प्रमुख अजित तुम्बाहाङपेले बताउनु बताउनुभयो ।

यसैगरी खाता करिडोर, सुर्यपटुवा उपसमितिका अध्यक्ष गोविन्द योगी यस क्षत्रकै सक्रिय युवा हुनुहुन्छ उहाँ संरक्षणका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने क्रियाकलापमा सबैभन्दा बढि सक्रियताका साथ लागिपर्नु भएको छ । प्रकृतिलाई माया गरौँ, प्रकृतिमै रमाउ, प्रकृतिकै संरक्षण गरौँ भन्ने मान्यता उहाँको छ । पहिला पहिला मानिसहरू वन-जङ्गल र वातावरणका विषयमा त्यति जानकार नभएको जस्तो गर्ने गर्दथे भने अहिले सचेतनामूलक कार्यक्रमले केही प्रभाव पारेको छ, वन्यजन्तुबाट हुने घट्ना पनि शून्यजस्तै भएको छ उहाँले भन्नुभयो ।

यस्तै सुर्खेत तरङगा उपभोक्ता समितिकी अध्यक्ष चन्द्रा बुढा पनि लामो समयसम्म संरक्षणमा लागि रहनु भएको छ । उहाँले संरक्षणका कार्यहरू गरेबापत विभिन्न क्षेत्रबाट सम्मानित हुनुभएको छ, संरक्षणका क्षत्रमा उहाँ धेरैजसो ठाउँमा परिचित हुनुहुन्छ । यस्तै चोरी सिकार नियन्त्रण युवा परिचालन अभियान सञ्जालकी अध्यक्ष प्रभा चौधरी पनि संरक्षणका कार्यले सिङ्गो मानव हित हुने बताउनुहुन्छ । यस कार्यले मानिस मात्र नभई जीवित सम्पूर्ण प्राणीका लागि यो कार्यले राम्रो प्रभाव पारेको बताउनुभयो ।

मानव वन्यजन्तुबिच द्वन्द बढ्न नदिई सहअस्तित्व कायम राख्न नेपाल सरकार निकुञ्ज र राष्ट्रिय वन आसपास क्षत्रका वन जङ्गलमा आश्रित स्थानीय बासिन्दालाई निकुञ्ज र वन किनारमा व्यवस्थित तार जाली घाँस दाउरा लीन जङ्गल प्रवेश गर्ने कार्य रोकेर वैकल्पिक व्यवस्था उपलब्ध गरान तत्काल छुट्‍टै विशेष कार्यक्रम सञ्चालन गर्नपर्ने र निकुञ्ज भित्रपर्ने राजमार्ग क्षत्रमापर्ने अथवा माथिबाट यातायातका साधन गुड्न मिल्ने र तर तिरबाट वन्यजन्तु ओहरदोहर गर्न मिल्ने खालका ओभर पास को खाँचो रहेको संरक्षण कर्मीको भनाई छ । यो समस्याका दीर्घकालीन समाधान खोज सरकारले तत्काल पहल गर्न जरुरी देखिन्छ ।

Leave A Reply

Your email address will not be published.