भुरीगाउँ, बर्दिया : छैठौ ठाकुरबाबा नगरस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आज शनिबार जगदम्बा माध्यामिक विद्यालय मढेलामा सम्पन्न भएको छ । ठाकुरबाबा नगर खेलकुद विकास समितीको आयोजना तथा जगदम्बा माध्यामिक विद्यालय मढेलाको आतिथ्यतामा समम्पन्न गरिएको हो ।
माध्यामिक तर्फ १५ वटा खेलमा छात्र-छात्रा गरि ३० वटा इभेन्टको खेल भएकोमा यसपालि पनि ११ वटा स्वर्ण पदक सहित त्रिभुवन नमुना माध्यामिक विद्यालय भुरीगाउं प्रथम हुन सफल भएको छ । त्रिभुवन नमुना माविले लगातार चार वर्ष रनिंङ शिल्डको उपाधि जितेको छ ।
१० वटा स्वर्ण पदक सहित बर्दिया एजुकेश्नल एकेडेमी रानीपुर द्धितीय भएको छ । आधारभुत विद्यालय तर्फ छात्र÷छात्रा तर्फ ५ वटा खेलका १० वटा इभेन्टमा भएको खेलमा ३ वटा स्वर्ण र रजत पदक सहित हिमालय आधारभुत विद्यालय मिर्चैया प्रथम हुन सफल भएको छ ।
यसै गरि ३ वटा स्वर्ण सहित सारदा आधारभुत विद्यालय शाहिपुर द्धितीय र १ वटा स्वर्ण २ रजत र २ काश्य पदक सहित भेरी पब्लिक स्कुल बकुवा तृतिय भएको नगर शिक्षा युवा तथा खेलकुद विकास समितीकी प्रमुख सिता भण्डारीले जानकारी दिनुभयो ।खेलकुद गतिविधिको अभिन्न अंग भएकाले विद्यार्थीहरुका प्रतिभा देखाउनका लागि खेलकुद प्रतियोगिता संचालन गरिएको हो ।
ठाकुरबाबा नगर खेलकुद विकास समितीका संयोजक टेक बहादुर बडुवालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । सम्पन्न भएको कार्यक्रममा बर्दिया जिल्ला समन्वय समितीका प्रमुख सुर्य बहादुर विष्टको प्रमुख आथिथ्यता रहेको थियो ।
समापन कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका सम्पुर्ण वडाका वडा अध्यक्ष तथा वडा सदस्यहरु, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनीधि, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरु, विद्यार्थी तथा अभिभावकहरुको उल्लेखिय उपस्थिती रहेको थियो ।
हरेक वर्ष संचालन भइरहने नगरस्तरीय राष्ट्रिपति रनिङशिल्ड खेलकुद प्रतियोगीता यसवर्ष मंसिर १८ गतेदेखि सुरु भएको थियो । ठाकुरबाबा नगरपालिका नगर कार्यपालिका, शिक्षा युवा तथा खेलकुद शाखाको आयोजना तथा जगदम्बा माध्यामिक विद्यालयको आतिथ्यतामा वडा नम्बर ८ को मढेलामा नगरस्तरीय छैठौ राष्ट्रिपति रनिङशिल्ड खेलकुद प्रतियोगिता सञ्चालन गरिएको राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता संचालन मुल समितिका संयोजक टेक बहादुर बडुवाल सिंजापतीले जानकारी दिनुभयो ।
नगपालिका भित्रका सामुदायिक र संस्थागत गरि १८ वटा माध्यामिक विद्यालयका विद्यार्थीहरुले मार्चपास सलामी ग्रहण गरेका थिए । प्रतियोगितामा ठाकुरबाबा नगरपालिका ३ बग्नाहको चुरे माध्यामिक विद्यालयल प्रथम भएको थियो । भने वडा नम्बर ८ मढेलाको जगदम्बा माध्यामिक विद्यालय दोस्रो तथा शिव सुन्दर मावि सुन्दरपुर तितृय हुन सफल भएको थियो ।