onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

नेउलापुर साना किसान सहकारीको २१औं वार्षिक साधारणसभा सम्पन्न

Sambad ADD long

भुरीगाउँ, बर्दिया : नेउलापुर साना किसान कृषि सहकारी संस्था लिमिटेडको २१औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमका बिच नेउलापुर साना किसान कृषि सहकारी संस्थाले वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।

१ हजार ७८० जना शेयर सदस्यहरु रहेको सहकारीले ३२८ वटा समूह मार्फत समुहगत रुपमा कृषि कार्यमा उत्प्रेरित गर्दै आवश्यक पर्ने ऋण उपलब्ध गराउनुका साथै शेयर सदस्यहरुलाई आवश्यक पर्ने मल, बीउ, तालिम, कृषि सामाग्रीहरु तथा पशुपालनका लागि दाना समेत उपलब्ध गराउँदै आएको छ ।

साधारणसभालाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य शान्ती चौधरीले एकएक रुपैैयाँ जम्मा गर्दै साना किसान सहकारी संस्था करौडौँको कारोबार गर्न सफल हुनु भनेको खुशीको कुरा भएको बताउनुभयो । देशमा समृद्धि र विकास ल्याउन अर्थतन्त्रको विकास गर्न आवश्यक रहेको बताउँदै सबैजना एकजुट हुनुपर्ने समेत उहाँले बताउनुभयो ।

यस्तै जिल्ला सहकारी संघ बर्दियाका अध्यक्ष नवराज ढुङ्गानाले नेउलापुर साना किसान कृषि सहकारी संस्था बर्दिया जिल्लाकै अग्रणी सहकारी संस्था मध्य एक भएको बताउँदै दिन दुई गुणा र रात चौगुणाको दरले संस्थाको प्रगती हुँदै गएको उल्लेख गर्नुभयो । साथै उहाँले जिल्लाका अन्य सहकारी संस्थाहरुले यस संस्था जत्तिको गतिविधि संचालन गर्न नसकेको बताउनुभयो ।

कतिपय संस्थाहरुमा रातारात मर्च गर्नुपर्ने अवस्था समेत सिर्जना भएको बताउँदै त्यो अवस्था यस संस्थामा नदेखिने बताउनुभयो । यस्तै उहाँले ऋण लिने र नतिर्ने भन्ने अभियान अगाडि बढाउने केहि दबाब समुह रहेका बताउँदै त्यस्ता समुहका पछाडि नलाग्न सम्पूर्ण शेयर सदस्यहरुमा जिल्ला संघको तर्फबाट आग्रह गर्नुभयो ।

आर्थिक वर्ष २०७९/८०को अन्त्यसम्म संस्थाले ४९ लाख ५६ हजार ८५९ रुपैयाँ १२ पैसा नाफा आर्जन गरि २ लाख ५२ हजार ५६७ रुपैयाँ ४३ पैसा राज्यलाई आयकर तिरेको छ । संस्थाको कुल शेयर २ करोड ६२ लाख ५८ हजार पुगेको छ । संस्थाले आर्थिक वर्ष २०७९/८०को अन्त्य सम्ममा ११ करोड ४७ लाख ७ हजार ६६९ रुपैयाँ निक्षेप संकलन गरेको छ भने २२ करोड ५२ लाख ८८ हजार ८४९ रुपैयाँ कर्जा लगानी गरेको छ । आर्थिक वर्षको अन्त्यसम्म कुल वासलात २६ करोड २१ लाख ६१ हजार ५०३ रुपैयाँ ७४ पैसा पुगेको छ ।

Leave A Reply

Your email address will not be published.