onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

ठाकुरबाबा नगरपालिका वडा नम्बर ६ को प्रशासनिक भवनको शिलान्यास

भवन निर्माणको अनुगमन तथा निरीक्षण गर्न वडावासीहरूलाई नगर प्रमुखको अनुरोध

Sambad ADD long

बकुवा, बर्दिया : ठाकुरबाबा नगरपालिका वडा नम्बर ६ को प्रशासनिक भवनको शिलान्यास गरिएको छ । वडा नम्बर ६ को बकुवामा निर्माण गरिने वडा कार्यालयको बुधवार वडा अध्यक्ष, वडा सदस्यसहितको उपस्थितिमा नगर प्रमुख तिलकराम लम्सालले शिलान्यास गर्नुभएको हो ।

करिब ९० लाख रुपैयाँको लागतमा निर्माण हुने वडा कार्यालय भवन यसै आर्थिक वर्ष भित्र निर्माण सम्पन्न गर्ने गरि ओम निर्माण सेवाले ठेक्का सम्झौता गरेको छ । आफ्नो वडा कार्यालयको प्रशासनिक भवन निर्माणको अनुगमन तथा निरीक्षण गरि गुणस्तरीय काम भए नभएको हेरि जानकारी गराउन सम्पूर्ण वडावासीहरूलाई नगर प्रमुख लम्सालले अनुरोध समेत गर्नुभएको छ ।

नगर प्रमुख लम्सालले तोकिएको समयमा नै काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन समेत दिनुभएको छ ।

Leave A Reply

Your email address will not be published.