onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

अध्ययनको लागि जापान गएका ठाकुरबाबाका निरज चौधरीलाई मस्तिष्क घात, उपचारमा आर्थिक अभाव

Sambad ADD long

भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिका वडा नम्बर २ पेरहनी गाउँका २१ वर्षिय निरज चौधरी अध्ययनको शिलशिलामा गत कार्तिक १ गते जापान जानु भएको थियो । जापान गएको १८ औँ दिनमा अध्ययनरत कलेज जापानको होस्टेलमा सुतिरहेको अवस्थामा मस्तिष्क रक्तश्राव भै अचेत अवस्थामा फेला पर्नुभएको थियो । अहिले उहाँको जापानमै उपचार भइरहेको छ ।

उहाँ अध्ययनरत कलेजमा अध्यापन गराउने एक जना शिक्षक नारायणप्रसाद बास्तोलाले अस्पतालमा भर्ना गराई आईसियूमा उपचार गराईरहनु भएको पारिवारिक श्रोतले जनाएको छ । हाल उहाँ बेहोसी अवस्थाबाट होसमा आएको र उपचारको क्रममा सिकलसेल रोगसमेत देखिएपनि उपचार सम्भव रहेको तर खर्च धेरै लाग्ने अस्पतालले जनाएको छ ।

उहाँको जापानको साइटामा मेडिकल युनिर्भसिटी जनरल मेडिकल सेन्टर (Saitama Medical University General Medical Center) मा (ब्रेन ह्याम्रेज) मस्तिष्क रक्तश्रावको उपचार भइरेहेको तथा पारिवारिक स्थिती एकदमै कमजोर रहेकाले सम्पुर्ण मनकारी भावना भएका व्यक्तिहरुलाई आर्थिक सहयोगका लागि अनुरोध गर्दै वडा नम्बर २ को कार्यालयले सिफारिस गरेको छ । जापानमा बिरामी भएका छोराको उपचारका लागि आवश्यक पहल तथा समन्वय गरिदिन जिल्ला प्रशासन कार्यालय बर्दियामा पनि लिखित निवेदन दिएको निरजका बुवा जीत बहादुर थारुले बताउनुभयो ।

नेपालबाट निरजको उपचारमा खर्च रकम जोहो गर्न र उपचार गर्नसमेत कठिनाई हुनुका साथै स्वास्थ्य उपचारका लागि आवश्यक समन्वय गर्न कठिनाइ भएकाले ठाकुरबाबा नगरपालिका २ पेरहनी गाउँका जीत बहादुर थारुले आफ्नो छोराको आवश्यक उपचार राज्यका तर्फबाट जापानमै गरिदिनका लागि परराष्ट्र मन्त्रालय मार्फत जापान स्थित नेपाली राजदुतावास एनआरएन र संघसंस्था लगायत सम्बन्धित सरोकारवाला निकायहरुमा सहयोग उपलब्ध गराई सहयोग गरिदिन अनुरोध गर्नुभएको छ ।

अध्ययनका शिलशिलामा जापान गएर बिरामी पर्नुभएका बर्दिया ठाकुरबाबा नगरपालिका २ पेरहनी गाउँका जीत बहादुर थारुका छोरा निरज चौधरीको उपचारमा सहयोग गर्न सहयोगी हातहरुले बुवा जित बहादुर चौधरीको मोवाइल नम्बर ९८६९५१९१३१ अथवा ९८४८१२७७९४ मा सम्पर्क गरि ग्लोबल आइएमई बैँक लिमिटेडको भुरीगाउँ शाखामा सञ्चालनमा रहेको खाता नम्बर २५२०७०१०००१३३४ मा जम्मा गरिदिनुहनु आग्र्र्र्रह गर्नुभएको छ ।

Leave A Reply

Your email address will not be published.