onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

ठाकुरबाबा नगरस्तरीय छैठौँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगीता सुरु

Sambad ADD long

भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिका–८, मढेलाको जगदम्बा माध्यमिक विद्यालयको खेल मैदानमा सोमबार ठाकुरबाबा नगरस्तरीय छैटौं राष्ट्रिपति रनिङ शिल्ड खेलकुद प्रतियोगीता सुरु भएको छ ।

हरेक वर्ष संचालन भइरहने नगरस्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगीता एक औपचारिक कार्यक्रमका बीच बर्दिया क्षेत्र नम्बर २ (क) का प्रदेशसभा सदस्य जन्मजय तिमील्सीनाको सहभागितमा उद्घाटन भएसंगै खेलकुद प्रतियोगिता सुरु भएको हो ।

ठाकुरबाबा नगरपालिका नगर कार्यपालिका, शिक्षा युवा तथा खेलकुद शाखाको आयोजना तथा जगदम्बा माध्यमिक विद्यालयको आतिथ्यतामा प्रतियोगिता सञ्चालन गरिएको राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता संचालन मुल समितिका संयोजक टेक बहादुर बडुवाल सिंजापतीले जानकारी दिनुभयो ।

सुरुवाती चरणमा नगरपालिका भित्र रहेका सामुदायिक र संस्थागत गरि १८ वटा विद्यालयका विद्यार्थीहरुले मार्चपास सलामीमा सहभागिता जनाएका छन् । प्रतियोगिताको औपचारिक उद्घाटन कार्यक्रममा प्रमुख अतिथी रहनुभएका बर्दिया क्षेत्र नम्बर २ (क) का प्रदेशसभा सदस्य तिमिल्सीनाले व्यानर बाचन गरि विद्यालयको खेल मैदानको किनारमा समीको विरुवा रोपण गर्नुभएको थियो ।

नगरस्तरिय राष्ट्रिपति रनिङशिल्ड प्रतियोगिताको औपचारिक उद्धघाटन गर्दै लुम्बीनी प्रदेशसभा सदस्य जन्मजय तिमिल्सीनाले ठाकुरबाबा नगरपालिकाले खेलकुदको विकासका लागि महत्वपुर्ण काम गर्दै आएको र खेलबाट विद्यार्थीहरुले विभिन्न कुराको ज्ञान लिन सक्ने र आफुले पनि यस क्षेत्रमा शिक्षा क्षेत्रको विकासका लागि भरपुर सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

यसैगरि आफुले पढेको तथा आफ्नै गाउँठाउँको विद्यालयलाई खेलकुदको विकाससंगै अन्य विकासका लागि बगनाहाको चुरे माबी मात्र नभई नगरभित्रका विद्यालयलाई सक्दो सहयोग गर्ने जिल्ला समन्वय समिति बर्दियाका प्रमुख सुर्य बहादुर विष्टले आश्वासन दिनुभयो ।

यसैगरि जिल्ला समन्वय समिति बर्दियाका प्रमुख सुर्य बहादुर विष्टले खेलकुदको शुभकामना व्यक्त गर्नुभएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नगर उपप्रमुख विना कुमारी भट्राईले शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखि खेलकुदको माध्यमबाट नगरभित्र रहेका विद्यालयलाई सहयोग गर्न र शैक्षिक गुणस्तरलाई माथी उकास्नका लागि शिक्षामा नगरपालिकाबाट ४५ प्रतिशत बजेट लगानी गरिएको उहाँले शिक्षा संगसंगै खेलकुदको विकास भएको बताउनुभयो ।

खेलकुद कार्यक्रम शैक्षिक गतिविधिको अभिन्न अंग भएकाले विद्यार्थीहरुका प्रतिभा देखाउनका लागि पनि खेलकुद प्रतियोगिता संचालन गरिएको बताउँदै नगरस्तरिय राष्टपति रनिङशिल्ड खेलकुद शिल्ड प्रतियोगीताको शुभकामना व्यक्त गर्नुभयो ।

खेलकुद कार्यक्रम शैक्षिक गतिविधिको अभिन्न अंग भएकाले विद्यार्थीहरुका प्रतिभा देखाउनका लागि पनि खेलकुद प्रतियोगिता संचालन गरिएको बताउँदै नगरस्तरिय राष्ट्रिपति रनिङसिशल्ड प्रतियोगीताको शुभकामना दिँदै ठाकुरबाबा नगरपालिकाका नगर उपप्रमुख विना कुमारी भट्टराइले बताउनुभयो ।

यस्तै आज हुने भनिएको १५ सय मिटरको दौड प्रतियोगिता र सटफुट पनि मौसमका कारण स्थगित गरिएको ठाकुरबाबा नगरपालिका शिक्षा तथा युवा खेलकुद शाखाका शिक्षक बलिराम थारुले बताउनुभयो ।

विद्यार्थीहरुको मार्चपास सलामी प्रतियोगिताको मुल्यांकन मौसम प्रतिकुलका कारण संभव नभएकाले अन्तिम दिन २३ गते शनिबार सार्वजनिक गरिने जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.