onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

भुरीगाउँ नजिक २ वटा मोटरसाइकल ठोक्किएर दुर्घटना, ४ जना घाइते

Sambad ADD long

भुरीगाउँ, बर्दिया : भुरीगाउँ-गुलरिया हुलाकी सडकखण्ड अन्तर्गत भुरीगाउँ नजिक दुई वटा माेटरसाइकल एक आपसमा ठाेक्किँदा ४ जना घाइते भएका छन् ।

भुरीगाउबा बजारबाट बगनाहा बजार तर्फ जाँदै गरेकाे भे ८ प १६८६ नम्बरको माेटरसाइकल र नेउलापुर जम्ति हुँदै मढेला रनिङशिल्ड हेर्नका लागि भुरीगाउँ तर्फ जाँदै गरेकाे ना ४१ प २०४५ नम्बरको माेटरसाइकल भुरीगाउँकाे मन्दिर नजिक एक आपसमा ठाेक्किँदा माेटरसाइकलमा सवार ४ जना घाइते भएका इलाका प्रहरी कार्यालय भुरीगाउँले जनाएको छ ।

दुई वटा माेटरसाइकल एक आपसमा ठाेक्किँदा ठाकुरबाबा नगरपालिका ४ बर्गदा गाउँका माेटरसाइकल चालक १९ वर्षिय धर्मेन्द्र साउद, वडा नम्बर ३ नेउलापुर गाउँका माेटरसाइकल चालक १८ वर्षिय अर्जुन थारु यसैगरी माेटसाइकलमा सवार नेउलापुर गाउँकै १६ वर्षिय अतिस थारु र १८ वर्षिय सुवास थारु रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते केहिकाे खुट्टा भाँचिएको जनाइएको छ । दुर्घटनामा परि घाइते भएका चार जनाकै नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.