onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

बालविवाह न्यूनीकरण परियोजना : परिवर्तनका संवाहकहरुलाई सम्मान

Sambad ADD long

बगनाहा, बर्दिया : बालविवाह न्यूनीकरण परियोजना अन्तरगत परिवर्तनका संवाहकहरुलाई एक कार्यक्रमका बिच सम्मान गरिएको छ । प्लान इन्टरनेशनल नेपाल तथा भेरी वातावरणीय बिशिष्टता समूह (बी-ग्रुप)को साझेदारी एवम् ठाकुरबाबा नगरपालिकाको समन्वय र सहकार्यमा आयोजित कार्यक्रममा सम्मान गरिएको हो ।

परिवर्तका संवाहकमा आबद्ध ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ र ५ का १० वर्षदेखि १४ वर्ष उमेर समुहका किशोर किशोरीहरु र १५ वर्षदेखि २० वर्ष उमेर समुहका किशोर किशोरीहरुलाई परिवर्तनका संवाहकका रुपमा सम्मान गरिएको भेरी वातावरणीय विशिष्टता समूह (बी-ग्रुप) कि फिल्ड सुपरभाइजर माया खड्काले  जानकारी दिनुभयो । बालविवाह न्यूनीकरणमा सहयोग पुग्नुका साथै किशोर किशोरीहरुमा यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि जानकारी गराई नेतृत्व गर्ने क्षमताको विकास गर्ने उद्देश्यले सम्मान गरिएको उहाँले बताउनुभयो ।

सम्मान कार्यक्रमका प्रमुख अतिथि ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्सालले परिवर्तका संवाहकहरुलाई सम्मान गर्ने कार्यक्रम नगरपालिकाको भविष्यसंग जोडिएको बताउँदै आफुसंगै अरुलाई पनि बालविवाह न्यूनिकरणमा जनचेजना जगाउन आग्रह गर्दै यस अभियानका लागि सहयोग गर्ने सम्पूर्ण प्रति धन्यवाद प्रकट गर्नुभयो ।

प्लान इन्टरनेशनल नेपालका कार्यक्रम संयोजक विमल गैरेले परिवर्तनका संवाहकमा आबद्ध किशोर किशोरीहरुलाई सम्मान गरे पश्चात् उनीहरुबाट बालविवाह मुक्त समाज निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको बताउनुभयो ।

ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्सालको प्रमुख आतिथ्यता तथा उपप्रमुख बिना कुमारी भट्टराईको विशिष्ट आतिथ्यता र वडा नम्बर ४ का कार्यवाहक वडा अध्यक्ष अमिन थारुको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष श्रीकृष्ण थारु, वडा नम्बर ५ का वडा अध्यक्ष शम्भु प्रसाद थारु, प्रहरी चौकी बगनाहका इन्चार्ज चुडामणी अधिकारी लागायत किशोरकिशोरीहरूको सहभागीता रहेको भेरी वातावरणीय बिशिष्टता समुह (बी-ग्रुप) की फिल्ड सुपरभाइजर माया खड्काले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.