गुलरिया, बर्दिया : वाटरएड नेपालको अर्थिक सहयोग तथा नेपाल प्रजनन् स्याहार केन्द्र (एनएफसीसी) तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल (एनएफडी–एन) को प्राविधिक सहयोगमा बेस संस्थाद्वारा बर्दिया जिल्लामा सञ्चालित नेपालमा लैगिंक किशोर समावेशी विद्यालयका लागि समावेशी तथा पहुचयुक्त खानेपानी सरसफाई तथा स्वच्छता सुविधा निर्माणका लागि गुलरियाकाे महाकवि देवकोटा माध्यमिक विद्यालयमा साैचालय भवनकाे शिलन्यास गरिएको छ ।
अभियान अन्तर्गत विधालयमा समावेशी तथा पहुँचयुक्त खानेपानी, सरसफाई तथा स्वच्छता सुविधा उपलब्ध गराई अपाङ्गता भएका वालबालिकाहरु, किशोरीहरुको पहुँच बृद्धि गरि सिकाइकाे वातावरण सृर्जना गर्ने उदेश्यले शुक्रबार एक कार्यक्रमका बीच गुलरियाकाे महाकवि देवकोटा माध्यमिक विद्यालयमा साैचालय भवनकाे शिलान्यास गरिएको हो ।
विद्यालयमा समावेशी तथा पहुँचयुक्त खानेपानी, सरसफाई र स्वच्छता सुविधा निर्माणका लागि गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादव तथा उपप्रमुख साबित्रा गौतमले संयुक्त रुपमा सदरमुकाम गुलरियामा रहेको महाकवि देवकोटा माध्यमिक विद्यालय गुलरिया ८ मा शिलान्यास गर्नु भएको हाे ।
उदघाटन गर्दे नगर प्रमुखयादवले विधालयमा पहुँचयुक्त तथा समाबेशी खानेपानी, सरसफाई, स्वच्छता सुविधा निर्माणले विधार्थीहरु तथा विशेष गरी अपाङ्खता भएका वालबालिकाहरु, किशारीहरुको लागि एकदमै प्रभावकारी हुने विचार व्यक्त गर्नु भयो र नगरपालिका समावेशी तथा पहुँचयुक्त वास सुविधा प्रवर्द्धनका लागि प्रतिबद्ध रहेको बताउनुभयो ।
कार्यक्रममा बेस संस्थाका प्राविधिक अधिकृत वसन्त यादवले यस विद्यालयमा निर्माण गरिने पहुँचयुक्त शौचालय, खानेपानी तथा हातधुने स्थानहरु निर्माण गर्ने र विद्यालयमा २० लाख ३१ हजार ७ सय ७८ रुपैयाँ बेस संस्था मार्फत बजेट विनीयोजन गरिएकाे बताउनुभयाे । यस्तै बेस संस्थाका जिल्ला अध्यक्ष विष्णु थारुले बेस संस्था गुणस्तरीय कार्य गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।
यसैगरी वाटर एड नेपालका परियोजना प्रबन्धक उमाशंकर प्रसाद यादवले समावेशी तथा पहुँचयुक्त वास सुविधा निमार्ण पश्चात अपाङ्गता भएका वालबालिकाहरु, किशोरीहरुको वास सुविधाको पहुँचमा बृद्धि भई सिकाइको वातावरण सृजना हुने र विधार्थीहरुको निरन्तरता र सिकाइ उपलब्धिमा सहयोग पुग्ने, विधालयमा खानेपानी, सरसफाई तथा स्वछता सम्मन्धि कार्यविधि २०७४ अनुसार क्रमशः एक तारा, दुई तारा र तीन तारा घोषणामा योग्दान पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
यस्तै सम्पूर्ण निर्माण कार्यको जिम्मेवारी विद्यालय परिवारको रहेको र विद्यालयका बिद्यालय व्यवस्थापन समिति तथा प्रधानाध्यापकले विशेष गुणस्तरीयता तथा दिगोपनाका लागि ध्यानदिनु हुन अनुरोध गर्नुभयो ।
परियोजना बर्दियाको ठकुरबाबा, बारबर्दिया, मधुवन र गुलारिया नगरपालिका र गेरुवा गाउँपालिकाका ३३ वटा विद्यालयमा संचालनमा रहेको बेस बर्दियाका अध्यक्ष विष्णु थारुले बताउनुभयो । ११ वर्षदेखि २० बर्ष उमेर समुहका १३ हजार ५०० जना किशोरकिशोरीहरुलाई लक्षित गरि सन् २०२३ अप्रिलदेखि २०२६ मार्चसम्म परियोजना संचालनमा रहने उहाँले बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शावुद्धिन शाहले विद्यालय परिसरमा संरचना निर्माण तथा अन्यविद्यालयमा हुने कार्यक्रमको सहयोग गर्न र नेतृत्वलिन सधैँ तयार रहेको प्रतिबद्धता व्यक्त गर्नु भयो ।