बर्दिया : बर्दियाको सदरमुकाम गुलरिया नगरपालिका वडा नम्बर ४ तुलापुरमा शुक्रवार राति भएको आगलागीको मुख्यकारण इट्टा र माटोले जडान गरि बनाईएको तथा टाएलले छाएको घरको कोठा न्यानो पार्न तसलामा रहेको आगो सल्किँदा आगलागी भएको हुनसक्ने प्रहरीले प्रारम्भिकअनुमान गरेको छ ।
घाइते तथा स्थानीयबासीन्दाका अनुसार शुक्रवार बेलुका घर बाहिर तसलामा आगो बालेर तापेको र सुत्नजाँदा आगो रहेको तसला कोठा भित्र लिएर राख्दा सबै जना सुतिरहेका बेलाराती आगो सल्किँदा आगलागी भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको हो । आगलागीमा दुई परिवारका ४ जनाको ज्यान गएको छ भने एक जना गम्भिर घाइते हुनुभएको प्रहरीले जनाएको छ ।
रोजगारीमा नेपालगंज रहनुएका स्थानीय भरत चन्दको घरमा शुक्रवार राती आगलागी हुँदा उहाँका २ छोरा, दिदि र भान्जी गरि ४ जनाको ज्यान गएको वडा नम्बर ४ का वडा अध्यक्ष सुरेश गौतमले बताउनुभयो । घरमा आगलागी हुँदाचन्दकी पत्नीगम्भिर घाइते हुनुभएकोउहाँले बताउनुभयो ।
घाइतेको जिल्ला अस्पताल गुलरियामाउपचार भइरहेको छ ।वडा अध्यक्ष सुरेश गौतमकाअनुसार जिल्ला अस्पतालमा उपचार भइरहेका घाइते करिस्माचन्दको खुट्टा र ढाडसहित बाँयातर्फको शरिर झण्डै २५ प्रतिशतजलेको बताउनुभयो ।
आगलागीमा परि चन्दाका छोरा १८ महिने कार्तिक चन्द, ७ वर्षिय कृष चन्द यसैगरि चन्दका भान्जि ९ वर्षिय मानषी बुढा र उहाँका दिदि ३६ वर्षिया राधा बुढाको ज्यान गएको र चन्दका पत्नी २८ वर्षिया करिस्मा गम्भिर घाइते हुनु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी तुल्सीराम अर्यालले जानकारीले जानकारी दिनुभयो । थप अनसन्धान भइरहेको उहाँले बताउनुभयो ।