onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

दु:खद खबर! बर्दियामा आगलागीले ४ जनाकाे ज्यान गयाे, एक जना घाइते

Sambad ADD long
गुलरिया, बर्दिया : बर्दियाकाे सदरमुकाम गुलरिया नगरपालिका ४, तुलापुरको एउटा घरमा आगलागी हुँदा ४ जनाको ज्यान गएको छ । एक जना घाइते हुनुभएको छ  ।
गएराती झन्डै १० बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ । एक जना घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ ।
ज्यान जानेमा २ वर्षका कार्तिक चन्द, ८ वर्षका कृष चन्द, १० वर्षका मानषि बुढा र ३५ वर्षकी राधा बुढा रहेका जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी तुल्सिराम अर्यालले जानकारी दिनुभयो । घाइते २८ वर्षकी करिष्मा चन्दलाई उपचारका लागि अस्पताल लगिएको छ ।
केराबारी नजिक रहेको टाइल लगाएको घरमा आगलागी के कारणले भएको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
Leave A Reply

Your email address will not be published.