onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

ठाकुरबाबामा आजदेखि घुम्ती स्थानीय सरकार सुरु हुँदै

Sambad ADD long

भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिकामा घुम्ती स्थानीय सरकार कार्यक्रम आजदेखि सुरु हुने भएको छ । नगरपालिकाको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम अन्तर्गत घुम्ती स्थानीय सरकार कार्यक्रम कार्यान्वयनको लागि आज वडा नम्बर १ को कार्यालयबाट घुम्ती स्थानीय सरकार कार्यक्रम सुरु हुने भएकाे हाे ।

आजबाट सुरु भएको घुम्ती स्थानीय सरकार कार्यक्रम वडा १ बाट दिइने सेवा र नगरपालिकाबाट दिइने सेवासमेत घुम्ती स्थानीय सरकार कार्यक्रममा हुने भएकाले सम्पूर्ण नगरबासीहरूलाई ठाकुरबाबा नगरपालिका १ डुम्रेनीमा उपस्थित भइ सेवा लिन नगरपालिका प्रशासनले आग्रह गरेको छ ।

यस्तै आज नगरपालिकाको कार्यालय सैनवारबाट सेवा प्रदान गर्न नसकिने भएकाले आंशिक रूपमा सेवा प्रभावित हुने र तत्काल कार्य सम्पादन गर्नुपर्ने भएमा नगरपालिकाका अन्य वडाका नागरिकहरूलाई समेत घुम्ती स्थानीय सरकार सञ्चालनमा रहेको वडामा उपस्थित भइ सेवा लिन नगरपालिकाले आग्रह गरेको छ ।

यसैगरी घुम्ती स्थानीय सरकार कार्यक्रममा जेष्ठ नागरिक परिचयपत्र वितरण, अपाङ्गता परिचयपत्र तथा अपाङ्गता सहायक सामाग्रीको लागि निवेदन संकलन, योजना सम्झौता, औषधी उपचार सिफारिस, स्वास्थ्य बिमा तथा सामान्य स्वास्थ्य परिक्षण आदि नगरपालिकाबाट प्रदान भैरहेका सम्पूर्ण सेवाका बारेमा जानकारी गराइने भएको छ ।

यस्तै गुनासो, सुनुवाई तथा परामर्श समेत दिइने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामहरी रिजालले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.